IMG-LOGO

शीर मेमोरियल अस्पतालमा सिटीस्क्यान मेशिनद्वारा उपचार प्रारम्भ

 मंगल, बैशाख ३०, २०८२  – गोविन्द प्रसाद मैनाली  

 

     शीर मेमोरियल एडभेन्टिस्ट अस्पताल बनेपाले सिटी स्क्यान मेशिन जडान गरी उपचार प्रारम्भ गरेको छ । १ सय २८ स्लाईटको सिटी स्क्यान मेशिन ४ लाख ६० हजार अमेरिकी डलरमा खरिद गरिएको अस्पताल प्रशासनले जाएको छ । जेनेटर सहित सिटी स्क्यान मेशिनको मुल्य नेपाली ७ करोड ५० लाख रुपैया परेको छ । रोटरी फाउन्डेशन, रोटरी क्लव अफ कुपन्डोल र रोटरी क्लव अफ काभ्रेको समन्वय र सहयोगमा ग्लोवल ग्राण्ड फन्ड मार्फत रोटरीयन तथा विभिन्न क्लव, संघ संस्था र ब्यक्तिहरुको सहयोग मार्फत मेशिन खरिद गरिएको हो ।

     अस्पताललाई उक्त मेशिन संचालनमा लागि आवश्यक ब्यवस्थापनका लागि अस्पतालमा कार्यरत चिकित्सक र कर्मचारीहरु मार्फत एक महिनाको पारिश्रमीक उपलब्ध गराईएको छ । यस अघि रोटरी मार्फत काभ्रेको शीर र धुलिखेल अस्पताल लगायतलाई डाईलासिस मेशिन उपलब्ध गराईएको थियो ।

     ६५ वर्ष अघि सञ्चालित अस्पताल सेवाग्राहीलाई स्तरीय स्वास्थ्य प्रदान गर्न निरन्तर लागिपरेको छ । दक्ष जनशक्तिका लागि प्रविधिको उचित ब्यवस्थापन गरिरहेको अस्पतालले सिटी स्क्यान मेशिन ल्याउने पहल २०२२ देखि कार्य प्रारम्भ गरेको थियो । अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा.हेक्टर गायरसले सन् २०२२ मा रोटरीयनहरु गुणेश्वर महत्तो, बन्धु रञ्जन, हरेराम कोईराला र सुमनप्रसाद शर्मा मार्फत अस्पतालका लागि सिटी स्क्यान मेशिन ब्यवस्थापनका लागि प्रकृया शुरु भएको थियो । सुरुमा ६४ स्लाईटको साढे २ लाख अमेरिकी डलरमा खरिद गर्ने प्रकृया शुरु भएको थियो ।

     १ सय ५० शैयाको अस्पतालमा विरामीको दिनानुदिन बढिरहेको चाप र त्यसको ब्यवस्थापनका लागि १ सय २८ स्लाईटको उपयुक्त हुने निश्कर्ष रोटरी फाउन्डेशनकी सान्ड्राले बताउनु भयो । स्रन्ड्रा हेमस्टेड र रुथको विशेष सहयोग र समन्वयमा नेपालका रोटरीयनहरु बन्धु रन्जन तथा गुणेश्वर महत्तोको निरन्तरको पहलकदमीबाट उक्त मेशिन खरिद गरी अस्पताललाई उपलब्ध गराईएको हो । आर्थिक अवस्था कमजोर भएका विरामीहरुले पनि उक्त मेशिनको सेवा लिन सक्ने व्यवस्था अस्पतालले मिलाएको छ । सिटी स्क्यान मेशिनको बागमती प्रदेश सभा सदस्य कन्चनचन्द्र बादेले उद्घाटन गर्नुभएको थियो ।

     एडभेन्टिस्ट हेल्थ रक्किका प्रमुख कार्यकारी अधिकृत ब्रेट स्पेन्स, शीर मेमोरियल अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा.हेक्टर गायरस, रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ का डिस्ट्रिक गर्भनर राजेन्द्रमान शेरचन, बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य, उपप्रमुख विमला सापकोटा, वडा अध्यक्ष बलराम अधिकारी, जिल्ला प्रशासन कार्यालय काभ्रेका अधिकृत कृष्णप्रसाद सापकोटा, रोटरी फाउन्डेशनकी सान्ड्रा, एडभेन्ट हेल्थ ग्लोबल हेल्थ इनिसिएटिभका निर्देशक ग्रेगरी हजसन, नेपाल हेल्थ फाउन्डेशनका डा.सन्देश मास्के, रोटरीयनहरु सञ्जय गिरी, जितेन्द्रबहादुर राजबंशी, कुुमुद त्रिपाठी, अशोक प्याकुरेल, अमित गिरी, लोचन जोशी, श्यामकुमार तिमल्सिना लगायतको आतिथ्यता रहेको थियो ।

     अस्पतालले यस अघि अल्ट्रासाउन्ड मेशिन, ल्याप्रोस्कोपिक टावर, युरेटेरोनस्कोप र सर्भर मेशिन प्रारम्भ गरेको थियो । उक्त उपकरणहरुबाट उपचार महत्वपूर्ण हुने अस्पतालका मेडिकल डाईरेक्टर डा.एन्जिला बस्नेतले बताउनु भयो । डा.अनिल पालिखे र डा.अनुपम भण्डारीले अस्पतालमा रहेका तीनवटा अल्ट्रासाउण्ड मेशिनबाट उपलब्ध गराएको सेवामा थप अर्काे उपकरणले विरामीहरुका लागि थप प्रभावकारी हुने बताउनु भयो । डा.धु्रर्व कँडेलले ल्याप्रोस्कोपिक टावर र युरेटेरोनस्कोपको प्रयोग र त्यस मार्फत विरामीहरुका लागि उपलब्ध गराईने सेवा थप प्रभावकारी हुने उल्येख गर्नुभयो । मृगौलामा हुने पथ्थरी तथा अन्य उपचार सेवामा यि उपकरहरु सहयोगी र सरल बन्नेछन् । ल्याप्रोस्कोपिक टावर र अल्ट्रासाउण्ड मेशिनका लागि जर्मन रोटरीयनहरुले सहयोग गरेको अस्पताल प्रशासनले जनाएको छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्