IMG-LOGO

मालपोत काभ्रेद्वारा १६ करोड २४ लाख राजश्व संकलन

 मंगल, बैशाख ३०, २०८२  --

     धुलिखेल÷मालपोत कार्यालय काभ्रेपलाञ्चोक धुलिखेलले आर्थिक वर्ष २०८१÷२०८२ को तेश्रो चौमासिक प्रगति विवरण सार्वजनिक गरेको छ । माघ, फागुन र चैत्र महिनाको प्रगति समिक्षा सार्वजनिक गरिएको मालपोत कार्यालय काभ्रेपलाञ्चोकले जानकारी गराएको छ ।

     उक्त अवधीमा मालपोत कार्यालय काभ्रेमा ३ हजार ५ सय ९५ वटा लिखत पारित भएका छन् । रजिस्ट्रेशन शुल्क अन्र्तगत सेवा शुल्क १६ करोड २४ लाख २१ हजार ९ सय १२ रुपैया राजश्व संकलन भएको छ । ८ करोड ८० लाख ७१ हजार ३ सय ७५ लाभकर र १ करोड ७ लाख ६९ हजार १ रुपैया आयकर गरी ९ करोड ८८ लाख ४० हजार ३ सय ७६ रुपैया संकलन भएको छ ।

     छुट जग्गा दर्ताका लागि ८३ वटा आवेदन दर्ता भएका छन् भने पुर्जाको प्रतिलिपी २ सय ३७ वटा वितरण गरिएको छ । मोहीको लगत कट्टा ४ वटा भएका छन् । नामसारी पारित ४ सय ४९ वटा भएका छन् । दाखा तथा शंशोधनका लागि ३ सय ३ वटा भएका छन् । हालसाविक तथा श्रेस्ता अद्यावधीकका लागि ५ सय १८ वटा भएका छन् ।

तेश्रो चौमासिकमा स्थानीय सरकारलाई ९ करोड ५८ लाख

     १६ करोड २४ लाख २१ हजार ९ सय १२ रुपैया राजश्व संकलन भएकोमा स्थानीय तहले ९ करोड ५८ लाख ४२ हजार ५ सय ९२ रुपैया राजश्व बाँडफाँडबाट प्राप्त गरेका छन् । प्रदेश तर्फ ६ करोड ६५ लाख ७९ हजार ३ सय २० रुपैया बाँडपाmँड भएको कुरा सूचना अधिकारी तथा मालपोत अधिकृत रुकमागत उपाध्यायले बताउनु भयो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्