विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा पत्रकार महासंघ काभ्रेद्वारा शनिबार प्रभातफेरी एवं स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न भएको छ । उक्त अवसरमा जनस्वास्थ्य कार्यालय काभ्रेपलान्चोक, धुलिखेलको प्राबिधिक सहयोगमा संचारकर्मीहरुको स्वास्थ्य परीक्षण गरिएको थियोे । ५० जना पत्रकारले स्वास्थ्य परीक्षण गरेको महासंघ काभ्रे शाखा अध्यक्ष बिनोद न्यौपानेले बताउनुभयो । बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम अन्तरगत पत्रकारहरुको स्वास्थ्य परीक्षण गरिएको कुरा महासंघ साखा सचिव नरेन्द्र अधिकारीले बताउनु भयो । कार्यक्रममा संचारकर्मीहरुको सहभागीता रहेको थियो ।
