IMG-LOGO

बनेपा न.पा. ८ नं. वडामा स्वास्थ्य चौकी शिलान्यास

 मंगल, असार ८, २०७८  ---

    बनेपा नगरापलिकाले नगरबासीका सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि १४ वटै वडामा स्वास्थ्य चौकी भवन निर्माणलाई तिव्रता दिएको छ । शुक्रबार नगर प्रमुख लक्ष्मीनर सिंह वादेले बनेपा न.पा. वडानं. ८, तीन दोवाटो करीडोर नजिकै स्वास्थ्य चौकी भवनको शिलान्यास गरे । ५२ लाख लागतमा ६ कोठाको १ तले पक्की भवन यहि असार भित्र निर्माण सम्पन्न हुने स्वास्थ्य चौकी भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष विधान जोशीले बताए । 
    कार्यक्रममा नगर उपप्रमुख रेखा सापकोटा (दाहाल), बनेपा वडा नं ८ का अध्यक्ष दान बहादुर मानन्धर, वडाका जनप्रतिनिधि र स्थनीयबासीको सहभागीत रहेको थियो ।,

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्