IMG-LOGO

गोल्डेन सिद्धार्थको दीक्षान्त समारोह

 मंगल, बैशाख २, २०८२  --

     गोल्डेन सिद्धार्थ एकेडेमी श्रीखण्डपुर ५ धुलिखेलले शैक्षिक शत्र २०८१ को नतिजा प्रकाशन तथा ग्प्न् को दोश्रो दीक्षान्त समारोह कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयका सञ्चालक अध्यक्ष भुवन केसीको सभापतित्वमा सम्पन्न समारोहमा ग्प्न् मा अध्ययन सफलता प्राप्त गरेका ४४ जना विद्यार्थीहरु दीक्षित भएको कुरा विद्यालयका प्रिन्सिपल भरतबहादुर केसीले जानकारी दिनुभयो । विद्यालयका प्रिन्सिपल केसीले गोल्डेन सिद्धार्थ स्कुलले अभिभावक र विद्यार्थीहरुको रोजाइ अनुसारको शिक्षण सिकाइ गर्दै आएको बताउन भयो । हाम्रो विद्यालयले एसइइमा हरेक वर्ष सतप्रतिसत विद्यार्थीहरु उत्तिर्ण गर्न सफल भएको भनाई प्रिन्सिपल केसीले राख्नु भयो । कार्यक्रममा स्थनीय बुद्धिजीवी, अभिभावक र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्