IMG-LOGO

उपमेयर कप उपाधी ललितपुरलाई

 मंगल, बैशाख २, २०८२  --

     बनेपा नगरपालिकाको आयोजना तथा बनेपा भलिवल प्रशिक्षण केन्द्रको व्यवस्थापनमा देश्रो बनेपा उपमेयर कप खुल्ला तथा आमन्त्रण महिला भलिवल प्रतियोगताको उपाधि ललितपुर महानगरपालिकाले जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा ललितपुर महानगरपालिकाले प्रोफेशनल एजुकेसन कन्सल्टेन्सी नमबुद्ध न.पा. काभ्रेलाई ३–० को सोझो सेटमा पराजित गरी नगद रु. १ लाख सहित उपमेयर कप उपाधि चुमेको छ । दुतीय भएको प्रोफेसनल एजुकेसन कन्सल्टेन्सीले ५० हजार मै चित बुझायो । तेश्रो स्थानको लागि भएको खेलमा टिपटप न्यू डाँयमण्ड युथ स्पोर्टस क्लब काठममाण्डौंले बुढानिलकण्ठ भलिवल क्लबलाई ३–० सेट पराजित गरी तेश्रो स्थान प्राप्त ग¥यो । टिपटप न्यू डाइमण्डले नगद रु. २५ हजार र बढानिलकण्ठ भलिवल क्लबले नगद रु. १० हजार प्राप्त ग¥यो । समारोहमा पूर्व मन्त्री एवं संघीय सांसद गोकुल बास्काटा बनेपा नगरपालिका प्रमुख शान्तीरत्न शाक्य, उपप्रमुख विमला सापकोटा, प्रमुख प्रशासकिय अधिकृत पोषण लामिछाने, वडा अध्यक्षहरु बनेपा भलिवल प्रशिक्षण केन्द्रका अध्यक्ष प्रज्ञा नकर्मी लगायतले नगद, ट्रफी मेडल र प्रमाण पत्रहरु वितरण गरेका थिए । २०८१ चैत्र २५ देखि ३० गते सम्म भएको सो प्रतियोगितामा (९) नौ टोलीले सहभागीता जनाएको थियो । उप प्रमुख विमला सापकोटाको सभापतित्वमा भएको सो सभामा बनेपा भलिवल प्रशिक्षण केन्द्रका उपाध्यक्ष भवानी जाशीले प्रशिक्षण केन्द्रका गतिविधि सहित कार्यक्रम संचालन गर्नुभएको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्