IMG-LOGO

हत्यागरी फरार भएका चौरीदेउराली–२ का दानवहादुर पक्राउ

 मंगल, बैशाख २, २०८२  --

     धुलिखेल÷२०५० साल बैशाख १६ गते कर्तब्य ज्यान मुद्दामा संलग्न भई २०७६ साल माघ २८ गते जन्म कैद सुनाईएका चौरीदेउराली गाउँपालिकाका ५७ बर्षिय पुरुष पक्राउ परेका छन् । हत्याको ३० वर्षपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । साविक नाग्रेगगर्चे गाविस ९ घर भई हाल चौरीदेउराली गाउँपालिका वडा नम्वर २ दुती बस्ने दानबहादुर प्रधानलाई प्रहरीले २०८१ चैत्र ३१ गते दिउसो धुलिखेल नगरपालिका वडा नम्वर ७ बाट पक्राउ गरेको हो । २०५० साल बैशाख १६ गते साँझ ७ बजेको समयमा नाग्रेगगर्चे ९ घर भएका उत्तरबहादुर प्रधानलाई चक्कु प्रहार गरी कर्तब्य सहित हत्या गरी फरार हुँदै आएको कुरा जिप्रका काभ्रे धुलिखेलका प्रहरीनायक उपरीक्षक मिनबहादुर धलेले बताउनुभयो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्