IMG-LOGO

काभ्रे जिल्लामा कोभिड १९ जोखिम बढ्या संक्रमित संख्या ४४ पुग्यो एकको निधन

 मंगल, सावन २७, २०७७  --

सरकारले बन्दाबन्दी खुकुलो गरीजिल्ला जिल्लामा मात्र यातायात सञ्चालनगर्ने गरी खुल्ला गरेसँगै देश भरी नै कोभिड१९ प्रकोपले संक्रमित संख्या ह्वात्तै बढेकाछ । काभ्रे जिल्लामा पनि समाचार तयार पादासम्म आइतबार बनेपा वडा नं. ७ कपडापसल सञ्चालन गर्दै आएका १२ वर्षियबालक र सोमबार भुम्लु गाउँपालिका वडा नं.६ का १९ वर्षिय युवाको कोरोना संक्रमणपुष्टि भएसँगै काभ्रेमा संक्रमित संख्या ४४पुगेको छ । २८ जना उपचार भइ घर फर्केकाछन् । १५ जना आएसोलेशनमा छन् ।पाँचखाल अनेककोट १ की ५० वर्षीयमहिलाको निधन भएको छ । १२ वर्षियबालकमा संक्रमण देखिना साथ परिवारकास्वाब परिक्षण गर्दा भने सबैको रिपोर्ट नेगेटिभआएको छ । शनिबार त्यस्तै गरी संघीय प्रहरीइकाई काभ्रेका ५ जना, शिर मेमोरियलअस्पतालको १ कर्मचारी सहित ६ जनामाकोरोना संक्रमित भएको स्वास्थ्य तथाजनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि पनि काभ्रेका २ प्रहरीमा कोरोना संक्रमणपुष्टि भएको थियो । मध्यपहाडी जिल्लाहरुकाव्यापारिक नगरी बनेपा भएकोले पुर्वीयजिल्लाहरुको मानिसहरुको आगमनको भिडतराइ तिरका काम गर्ने मजदुर देखि अन्यमानिसहरुको आगमनले बनेपा र धुलिखेलक्षेत्रमा कोरोनाको जोखिम बढेको छ ।सामाजिक दुरी कायम राख्ने सिनीटाइजर रमाक्सको प्रयोग नगरी मानिसहरु खुलमखुल्ला हिड्न थालेका छन् । यसमा प्रशासनलकडाइ गर्नुपर्ने गर्न सकेको छैन ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्