कोराना भाइरस कोभिड १९प्रकोपको कारण १ सय २० दिन बन्दाबन्दीपछि सरकारले केहि खुकुलो गरेसँगै आवातजावत गर्ने यात्रुहरुको भिडभाडको सिमानाघेको छ । राजधानी लगाएत देशका प्रमुखसहरहरुमा कोरोना संक्रमित दिनदिनै बढेकाबढै छ । काठमाण्डौ उपत्यका छिर्ने प्रवेश द्धारबनेपाको साँगा मानिसहरुको भिड रजमघटको चाप धेरै नै बढेको छ ।सिन्धुपाल्चोक, रामेछाप, दोलखा रसिन्धुलीका नागरिकहरुको आवात जावतलभिडभाड बढेको हो । सरकारले बन्दाबन्दीकेही खुकुलो पारेपनि अन्तर जिल्ला सवारीसाधन भने चल्न नदिदा यात्रुहरु मारमा परेकाहुन् । एक जिल्लाबाट अर्को जिल्लामा सवारीसाधन फेरेर आवत जावत गर्नुपर्दा सास्तीबेहोर्नु परेको छ भने महंगो भाडा तिर्नुपरेकाछ । सरकारले भने सार्वजनिक भाडाकासवारी साधनले सामाजिक दुरी कायम राखीसञ्चालन गर्नुपर्ने एक सिटमा १ जना राख्नभाडा दर ५० प्रतिशत भन्दा बेसी लिन नपाउनभने पनि लामो दुरीमा चल्ने साधनहरुले भाडासत प्रतिशत वृद्धि गरेर लिएका छन् । सिन्धुलीसिरथलीका १९ वर्षिय प्रताप तामाब दुधौलीडिलक्सम यात्रा गर्दै आएका उनले साविकभाडा दर ८ सय लाग्नेमा उनले सिन्धुलीबाटबनेपा साँगा सम्म आएको १ हजार ५ सयतिरेको बताए । राजधानी काठमाण्डौ जानसाँगाबाट यात्रुबस नचलेकोले करिब ३किलोमिटर हिडेर जगतेसम्म जानुपनेयात्रुहरुलाई बाध्यता छ । बसहरु चाहि चल्ननदिने ट्राफिक प्रहरीहरुले सिमानाका साँगा रजगाती आउन जान ट्याक्सीहरुलाई भननिर्वाद रुपले चल्न दिइएको ट्याक्सीहरुलमनपरी भाडा असुलेर यात्रुहरुलाई ठगेकाछन् । प्रहरी प्रशासन भने मौन बसेका छन् ।साँगाबाट जगाते गएको ट्याक्सीले प्रतिव्यक्ति५ सय र राजधानी काठमाण्डौ गएकाएकहजार ५ सय लिने गरेको यात्रुहरुबताउछन् । कोरोना संक्रमित बढेसँगकाठमाण्डौ छिर्ने नाकाहरुमा स्वाब संकलनगर्न थालेको छ । स्वास्थ्य मन्त्रालयलउपत्यका प्रवेश गर्ने नाकाहरु काभ्रेको साँगादक्षिणकालीको फर्पिब, काठमाण्डौकानागढुब्गामा स्वाब संकलन गर्न थालेकोहो ।समुदायमै कोरोना फैलन थालेपछि पछिल्लासमय राजधानी छिर्ने नाकामा सर्व साधारणकास्वाब संकलन गर्न थालेको स्वास्थ्य तथाजनसंख्या मन्त्रालयले जनाएको छ । दैनिकसिमा नाकाबाट १ हजार २ सयको हाराहारीमास्वाब संकलन गरेको भएपनि काभ्रेकासाँगाबाट भने शनिबारदेखि नै स्वाब संकलनगर्ने स्वास्थ्यकर्मीहरु उठेर गइसकेको इलाकाप्रहरी कार्यालय बनेपाले जनाएको छ ।साँझबाट बिहान ७ बजेसम्मउपत्यका प्रवेशमा रोकगृहमन्त्रालयले साँझ ७ बजेदेखिबिहान ७ बजेसम्म राजधानी छिर्ने नाकाप्रवेशमा रोक लगाएको छ । उपत्यका प्रवेशगर्ने नाकामा कोरोना परिक्षण गर्दा कोरोनासंक्रमित पोजेटिभ संख्या बढेकोेले सिमानाकामा यात्रु प्रवेश गर्न रोक लगाउनु परेकागृह मन्त्रालयले जनाएको छ । नाकाहरुमा पुणनिगरानीका साथ चेक जाँचको आवश्यकतापरेको भन्दै गृहमन्त्रालयले अर्को सूचना जारीनभएसम्म अत्यावश्यक सेवा र ढुवानी साधनबाहेक अन्य सवारी प्रवेशमा रोक लगाएको हा। दिउँसोको समयमा भने सवारी पास लिएकासवारी साधन र मानिस आवत जावत गनसक्ने गृह मन्त्रालयका सह प्रवक्ता उमाकान्तअधिकारीले बताउनुभयो ।बनेपाका एकजना कोरोना संक्रमितसाउदी अरबबाट आएका बनेपानगरले निर्माण गरेको एकान्तवासमा बसेकाएक युवामा कोरोना पोजेटिभ पुष्टी भएको छ ।बनेपा वडा नं. ९ का ३१ वर्षीय पुरुषमाकोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयधुलिखेल काभ्रेले जनाएको छ । संक्रमितकाउपचारका लागि शीर मेमोरियल अस्पतालबनेपामा लगिएको छ । शुक्रबार १ जनामाकोरोना थप भएसँगै काभ्रेमा हालसम्म २९पुगेको छ । संक्रमित मध्ये २७ जना उपचारभइ घर फर्केका छन् । बाकी २ जनाकाउपचार भइरहेको स्वास्थ्य कार्यालय काभ्रेकाप्रमुख डा. नरेन्द्र कुमार झाले बताउनुभयो ।काभ्रेमा स्वास्थ्य संग सम्बन्धित आवश्यककोरोना परीक्षण किट सवास्थ्यकर्मीले प्रयोगगर्ने व्यक्तिगत सुरक्षा सामग्री कुनै समस्यानरहेको स्वास्थ्य कार्यालय प्रमुख डा. नरेन्दकुमार झाले बताउनुभयो ।
