राष्ट्रिय व्यापार संघ काठमाडौंको १९ औं वार्षिक साधारण सभा तथा १० औं अधिवेशनबाट हेमलाल खरालको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएका छन् । प्रथम उपाध्यक्ष रामचन्द्र पराजुली, दृतीय उपाध्यक्ष पदम बहादुर लामिछाने, तृतीय उपाध्यक्ष बैकुण्ठ दाहाल, महासचिव केदार प्रसाद न्यौपाने, कोषध्यक्ष हरिप्रसाद पाण्डे, सचिव सञ्जय अग्रवाल, सहसचिव विनोद तिमल्सिना, सहकोषध्यक्ष मोहनी लाल न्यौपाने, सदस्यहरु नारायण न्यौपाने, विनोद भण्डारी, श्यामसुन्दर मकाजु, सन्तोष श्रेष्ठ, लेखनाथ गौतम, प्रविण अग्रवाल, सुनिल अग्रवाल, राजु कार्की, भिष्म केसी, र महेन्द्र भण्डारी, रहेका छन् । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लको प्रमुख आतिथ्यथामा सम्पन्न कार्यक्रमको सभापतित्व संघका अध्यक्ष सरोजकुमार श्रेष्ठले गर्नुभएको थियो । प्रमुख अतिथि राजेन्द्र मल्लले व्यवसाय गर्ने व्यापारीहरुले आफैंले कर्पोरेट कम्पनी खोलेर त्यसमा कोष जम्म गरेर बैंक धाउनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने धारणा राख्नुभयो । बैंकले पटक पटक व्याज बढाएर व्यापरीहरुलाई ब्ययभार बढाएकोले व्यवसाय गर्न निक्कै कठिन भएको उहाँहरुको कथन थियो । ७५ देखि ८० प्रतिशत कर राजश्व व्यापारीहरुले राज्यलाई बुझाएपनि राज्यले व्यापरिहरुलाई सेवा सुविधा केहि नदिएको प्रमुख अतिथि मल्लले उल्लेख गर्नुभयो । हरेक वर्ष भारतमा मात्रै नेपालको व्यापार घाटा ४ खर्व ५५ अर्व हुनु, चीनमा पनि त्यहि रुपमा हुनु, मुलुकको अर्थतन्त्रमा संकट देखा पर्नु त्यहि कारण हो । आयात घटाउने निर्यात बढाउने कार्य गर्न उद्योगी व्यवसायी आफैं कस्सिनु पर्ने उहाँको तर्क थियो । कार्यक्रमको सञ्चालन महसचिव वैकुण्ठ दाहालले गर्नुभएको थियो ।
