IMG-LOGO

‘आन्तरिक कलहले देशमा संकट’

 मंगल, फागुन ४, २०७७  –हरिनाथ न्यौपाने

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व अर्थमन्त्री डा. रामशरण महतले सामाजिक र आर्थिक संकट निम्तिरहेको बेला के.पी. ओली नेतृत्वको सरकारले संसद् विघटन गरेको प्रति आपत्ति जनाउनु भएको छ । नेपाली कांग्रेस जिल्ला कार्य समिति काभ्रेको आयोजनामा धुलिखेलमा आयोजित विरोध सभा कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डा. महतले कम्युनिष्टको आन्तरिक कलहका कारण देश संकटमा परेको उल्लेख गर्नुभयो । कम्युनिष्टहरुलाई सत्तामा पु¥याउदा जनताले दुःख पाएको भन्दै उहाँले न्याय पालिकाबाट केही राहत मिल्ने दावि गर्नुभयो । पूर्व उद्योग राज्य मन्त्री कञ्चनचन्द्र बादेले पदका लागि मात्र झगडा गर्ने नेकपाले ‘संमृद्धि’ नामको मात्र नारा दिएको धारणा व्यक्त गर्नुभयो ।  संविधान सभा सदस्य तिर्थ लामाले अधिनायकवादी चरित्र भएको बर्तमान सरकारलाई जनताले पहिचान गरिसकेको भन्दै कांग्रेसले संसद् पुनःस्थापना गरेरै छाड्ने दावि गर्नुभयो । नेविसंघका महामन्त्री दिपक भट्टराईले भ्रष्टाचार, बेतिथिलाई प्रोत्साहन दिइरहेको सरकारबाट जनताले सुख नपाउने बताउनुभयो । नेपाली कांग्रेस काभ्रेका उपसभापति अच्युत पौडेलले स्वागत मन्तव्य , उपसभापति गोविन्द बहादुर थापाले धन्यवाद ज्ञापन राख्नुभएको कार्यक्रममा सभापति मधुप्रसाद आचार्यले तानाशाही प्रवित्तिको सरकारबाट जनता पिडित भएको उल्लेख गर्दै आश्वासन र सपना सहितका नाराबाट टाडै बस्न सुझाव दिनुभयो । सर्वोच्च अदालतले प्रतिनिधि सभा पुर्नःस्थापन गर्ने विश्वास व्यक्त गर्दै आचार्यले तानाशाही शासन लम्ब्याउनका लागि मध्यावधि निर्वाचनको घोषणा गरेको दावि गर्नुभयो । नेपाल संस्कृतिक संघ काभ्रेका गायक रविन्सन श्रेष्ठले स्वागत गित प्रस्तुत गर्नुभएको कार्यक्रममा अग्रज नेता इन्द्रमणी अधिकारी, पूर्व सांसद्् ललिता किङरिङ ,युवा नेताहरु गणेश लामा, महेश खरेल, रमेश प्रसाद हुमागाई, तिर्थ पसखल, सुन्दरमणी आचार्य लगायत भातृ एवं शुभेच्छुक संघ संस्थाका प्रमुख एवं  प्रतिनिधिहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन जिल्ला सचिव दिनेश लामाले गर्नुभएको थियो । सरकारले गरेको प्रतिनिधि सभा विघटनको असंवैधानिक र अलोकतान्त्रीक कदमको नेपाली कांग्रेस केन्द्रीय समितिको निर्णय अनुसार सोमबार ७७ वटै जिल्लामा विरोध प्रदर्शन सहितको कार्यक्रम सम्पन्न भएको छ । 


 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्