पूर्व सञ्चार तथा सुचना प्रविधिमन्त्री गोकुल प्रसाद बास्कोटाले जतिसुकै आफुमाथि आरोप लागे पनि सेक्युरिटी प्रिन्टिङ्ग प्रेस, मदन भण्डारी विश्व विद्यालय, प्रतिरक्षा विश्व विद्यालय, एयरपार्ट, पाँचखाल खानेपानि आयोजना, एकीकृत खानेपानी आयोजना, पुण्यमाता करिडोर, स्मार्ट सिटी लगायत आयोजना काभ्रे जिल्लामा ल्याउन सफल भएको बताउनुभयो । बनेपाको चारदोबाटोबाट गोदामचोक हुदै बनेपा बसपार्क सम्म करिब १ किलोमिटर सडकपेटी र ढल सुधारको उद्घाटन गर्दै उहाले गौरबका आयोजनाहरु शुरु भएसँगै व्यापारिक शहर बनेपाको विकासमा नया आयाम थपिएको बताउनुभयो । पुर्वाधार क्षेत्र विकास कोषमार्फत आएको ३९ लाख ३० हजार रुपियाबाट उक्त सडक पेटी र ढल सुधार गरिएको थियो । बन्दाबन्दीका बीचमा उक्त काम भएको उपभोक्ता समितीका अध्यक्ष राजन शाक्यले जानकारी दिनुभयो । लोकतन्त्रमा कानुनी व्यवस्थाभन्दा माथि कोही हुन नसक्ने बताउदै आफुमाथि लागेको आरोप प्रमाणीत भए सजाय भोग्न तयार रहेको बास्कोटाको भनाइ छ । कार्यक्रममा जिल्ला समन्वय समिती काभ्रे प्रमुख उद्धव केसी, बनेपा नगरपालिका मेयर लक्ष्मीनरसिंह वादे श्रेष्ठ, उपमेयर रेखा सापकोटा दाहाल लगायतको उपस्थिती रहेको थियो ।
