IMG-LOGO

बनेपा आयुर्वेद पञ्चकर्म सञ्चालनमा

 मंगल, पौष १४, २०७७  ---


    बनेपामा, आयुर्वेद पञ्चकर्म हेल्थहोम एभ रिसर्च सेन्टर प्रालिको औपचारीक उद्घाटनसँग उपचार समेत शुरु गरेको छ । हिजो नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ट उपाध्यक्ष चन्द्र प्रसाद ढकालले उद्घाटन गर्नुभयो । शेयर धनी दमनकुमार श्रेष्ठले स्वागत मन्तव्य दिनु भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यद्वय सुरकृष्ण बैद्य, डि.वि. बस्नेत, काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश मानन्धर, धुलिखेल उद्योग वाणिज्य संघका अध्यक्ष मञ्जुकुमार कोजु, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिना पूर्व अध्यक्ष महेशराज पौडेल, योगी ललित संकर योगी, पनौती उद्योेग वाणिज्य संघका अध्यक्ष भोला थापा, योग कर्ताहरुको समेत उपस्थिति रहेको थियो । आयुर्वेद पञ्चकर्म हेल्थ होम एण्ड रिसर्च प्रालिमा आयुर्वेद पद्धतिबाट उपचार गरिने छ । चिकित्सक सेवा निःशुल्क, रगत तथा पिसाव जाँच निःशुल्क रहेको जनाएको छ । स्वदेन, बिरेचन, शिरोधारा, नष्य आदि सेवाहरु सेवा ग्राहिलाई ५० प्रतिशत छुटमा गरिने शेयर धनि प्रकाश कायस्थले बताउनुभयो । कार्यक्रमको सभापतित्व प्रालिका अध्यक्ष ग्रुवेन तौजको सभापतित्वमा सम्पन्न भएको थियो ।
 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्