IMG-LOGO

नेरेसो डराउने पोखरी उपशाखाको सभापतिमा नविन

 मंगल, सावन ९, २०८०  ---

 

       दाप्चा÷ नेपाल रेडक्रस सोसाईटी डराउनेपोखरी उपशाखाको सभापतिमा नवीन अधिकारी निर्विरोध निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न प्रथम अधिवेशनले अधिकारीको नेतृत्वमा ११ सदस्यीय कार्यसमिती निर्विरोध निर्वाचित गरेको हो । २०६७ सालमा गठित सहयोग समितिका सभापति रहेका अधिकारी तदर्थ उपशाखाको पनि संयोजक भएर काम गरेका थिए । समितीको उपसभापति (महिला) मा शारदा थापा अधिकारी, सचिवमा खड्गबहादुर श्रेष्ठ, उपसचिवमा ऋषिराम बैद्य, कोषाध्यक्षमा कुमारप्रसाद अधिकारी, सह– कोषाध्यक्षमा माधब प्रसाद खनाल, सदस्यमा किशोर अधिकारी, विलबहादुर श्रेष्ठ, सुदर्शन अधिकारी, शिव श्रेष्ठ र महिला सदस्यमा दुर्गा अधिकारी छन् । कार्यसमितिको पहिलो बैठकले नगेन्द्र अधिकारी र माधवप्रसाद हुमागाईलाई सदस्यमा मनोनित गरेको छ ।

       उद्घाटन सत्रमा नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाका सभापति रघुनाथ हुमागाईले सहयोग समितीको रुपमा डराउनेपोखरीले धेरै सामाजिक कृयाकलाप गरेको भन्दै उपशाखाको रुपमा मानविय सेवामा अझै सकृय भएर लाग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा नेपाल रेड्क्रस सोसाइटी काभ्रेका उपसभापति एवं उपशाखाका लागि निर्वाचन अधिकारी देवेन्द्र भैल, मन्त्री हेमलाल तामाङ, जिल्ला सदस्य पुष्कर तिमल्सिना, नमोबुद्ध नगर युवा परिषदका कार्यकारी उपाध्यक्ष रामेश्वर अधिकारी, उपशाखा सभापति नविन अधिकारी लगायतले रेडक्रस र मानविय सेवाबारे चर्चा गरेका थिए ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्