धुलिखेल, ८ वडालगाउँ, जनमुखि बचत तथा ऋण सहकारी संस्था लि को १५ औँ वार्षिक साधारण सभाको उद्घाटन शनिबार संस्थाका अध्यक्ष उद्धवप्रसाद वडालले गर्नुभयो । संस्थाका शेयर सदस्य नानीराम धितालले स्वागत मन्तव्य दिनुभएको कार्यक्रममा सल्लाहकार साधुराम वडालले सहकारी संस्थाको विकासले आर्थिक क्षेत्रको विकासमा भूमिका खेलेको बताउनुभयो । सचिव रमेश प्रसाद वडालले प्रगति तथा भावि योजना प्रस्तुत गर्नुभयो ।
कोषाध्यक्ष रमेश प्रसाद न्यौपानेले आ.व. ०७८÷०७९ को लेखा परीक्षण प्रतिवेदन र आगामी वर्षको प्रस्तावित बजेट प्रस्तुत गर्नुभयो । ३ सय ६१ शेयर सदस्यबाट ३० लाख ३४ हजार ६ शेयर पूँजी संकलन, १ करोड ७ ६ लाख ८७ हजार ६ सय ३४ बचत निक्षेप संकलन, १ करोड ४८ लाख ६२ हजार २ सय ३६ ऋण लगानी गरी १५ लाख ६४ हजार ९० व्याज आम्दानी गर्न सफल भएको छ । संस्थाको स्थिर सम्पत्ति ६ आना जग्गाको १७ लाख ६२ हजार ८ सय ८८ रहेको छ । कोषाध्यक्ष ५ लाख ४१ हजार ७ सय ३२ र अन्यकोष ३ लाख ६९ हजार ७ रहेको छ । लेखा सुपरिवेक्षण समितिका संयोजक दामोदर वडालले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभयो । सरस्वती माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक रमेशकाजी कोजुले मन्तव्य राख्नु भएको थियो । संस्थाको १५ औँ वार्षिक साधारण सभामा सहभागी सदस्यहरुले स्वास्थ्य शिविरमा स्वास्थ्य लाभ लिनुभयो । माउण्टेरिङ स्टाण्डर्ड अफ ट्रिटमेन्ट इन प्याटेन्ट स्कृन्ड विथ अटरियल फिवरिलेसन नायक संस्थाको प्राविधिक सहयोगमा मुटु रोगको स्वास्थ्य परीक्षणमा ५० वर्ष देखि माथि उमेर ७५ जनाले स्वास्थ्य परीक्षण गराएका थिए । उक्त स्वास्थ्य परीक्षणमा काठमाण्डौ विश्वविद्यालयका स्वास्थ्य सँग सम्बन्धीत विद्यार्थीहरुको सहयोग प्राप्त भएको थियो ।
