बनेपा, पानस बचत तथा ऋण सहकारी संस्था लि को १६ औँ वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाको प्राविधिक सहयोगमा रक्तदान भएको कुरा संस्थाका प्रमुख कार्यकारी अधिकृत इश्वर महाजुले बताउनुभयो । पानस साकोसले हरेक वर्ष रक्तदान सामाजिक क्रियाकलाप गर्दै आएको छ । शुक्रबार सम्पन्न रक्तदान कार्यक्रममा ३४ जना व्यक्तिहरुले रक्तदान गरेका थिए ।
