बनेपा÷नेपाली कांग्रेस काभ्रेल उपसभापति गोबिन्द बहादुर थापाको नाम जोडेर बिभिन्न सञ्चारमाध्यममा अत्यन्त भ्रामक, तथ्यहीन एवं दुराशययुक्त समाचारप्रति नेपाली कांग्रेस काभ्रेको गंभीर ध्यानाकर्षण भएको भन्दै वित्रप्ती निकालेका छ । नेपाली काँग्रेसका सभापति मधुप्रसाद आचार्यले निकाल्नुभएको विज्ञप्तीमा भनिएको छ – समग्र जिल्ला भित्रका बिकास निर्माण, धर्म संस्कृतिको सम्वर्धन एवं राजनीतिक सामाजिक अभियानमा तल्लीन युवा नेता थापा धनेश्वर मन्दिर र यसको सेरोफेरोको धार्मिक तथा पर्यटकीय महत्वको अभिवृद्धिमा निरन्तर जुट्द आउनुभएको तथ्य सर्वविदित नै छ । धनेश्वर मन्दिर जाने धनेश्वर मार्गमा नाली बनाउने तथा बाटो ढलान गर्ने कार्यलाइ स्थानीय कसैलाई मर्का नपर्नेगरी दिगो र
गुणस्तरीय बनाउन यस भेगका सम्पूण जनसमुदायको सधैं आग्रह रहीआएकै हो । कामको गुणस्तरमाथि प्रश्न उठाउने सचेत नागरिकको जिम्मेवारी निर्वाह गर्ने क्रममा संवाद र छलफलको बाटो समात्नुको साटा उल्टै वहाँलाई अपमानित एवं आक्रमण गन घटना निन्दनीय छ। गाऊँ भित्रको बलिया सामाजिक एकता र पारिवारिक हार्दिकतामा खलल नपु¥याउन आग्रह गर्दछ ।समाजमा घटेका घटनाका उपयुक्त निदान खोज्न उत्प्रेरित गर्नु र त्यसमा सहयोग पुर्याउनुको सट्टा घटनालाइ अतिरंजित गर्दै राजनीतिक आग्रह, पूर्वाग्रहको रोटी सेक्न खोज्ने प्रवृत्तिको हामी घोर भत्सर्ना गर्दछौं । धनेश्वर गुठीको जग्गा तथा सार्वजनिक जग्गा कब्जा गरी घर बनाएको, धनेश्वरमा सप्ताह लगाई संकलन भएको पैसामा अनियमितता गरेको तथा धनेश्वर क्षेत्र बिकास समितिको लाखा रकम अपचलन गरेको जस्ता आधारहीन आरोपमाथि स्वयं थापाजीले विज्ञप्ति मार्फत सत्यतथ्य सार्वजनिक गरिसक्नु भएको छ । नेपाली कांग्रेस काभ्रे धनेश्वर मन्दिरका सबैखाले आयब्यय दुरुस्त गर्न, धनेश्वर क्षेत्रको सम्पूर्ण जग्गाजमिनको पुनर्नापि गरी जो कसैबाट अतिक्रमित भएको पाइएमा कानून बमोजिम हदैसम्म दण्डित गर्न आग्रह गर्दछ। तर विना आधार, विना प्रमाण, मनगढन्ते आरोप लगाएर सार्वजनिक रुपमा हिलो छ्याप्ने, मानमर्दन गर्ने यसप्रकारका गलत प्रवृत्तिको नेपाली कांग्रेस काभ्रे सदा झैं घोर भत्र्सना गर्दछ भनि नेपाली काँग्रेस काभ्रेका सभापति आचार्यले हस्ताक्षर गरेको वित्रप्तीमा उल्नेख छ
