IMG-LOGO

बनेपा बचतको आम्दानी २ करोड ४० लाख

 मंगल, मंसिर ९, २०७७  --

 

    बनेपाका उर्जाशिल युवा पिंढीबाट सञ्चालित बनेपा बचत तथा ऋण सहकारी संस्था लि.ले  २१ औँ बार्षिक साधारण सभा संस्थाका अध्यक्ष अमन पोटे श्रेष्ठको सभापतित्वमा सम्पन्न गरेको छ । १ हजार ९ सय ३४ शेयर सदस्यबाट २ करोड १० लाख २५ हजार ४ सय शेयर पूँजी संकलन गरेको छ । १७ करोड ३७ लाख ७० हजार ७ सय ३८ बचत निक्षेप संकल, ७ करोड १५ लाख ८५ हजार ६ सय २२ ऋण लगानी गरेर २ करोड ४० लाख ३७ हजार ४ सय ३३ कुल आम्दानी गर्न सफ भएको छ । ३४ लाख ७७ हजार १ सय ७३ जगेडा कोष, १४ लाख ९८ हजार ६ सय २२ जोखिम बेहोर्ने कोष व्यवस्था गरिएको छ । संंस्थका सचिव जितेन्द्र नकर्मीले प्रगति प्रतिवेदन तथा भावि कार्य योजना प्रस्तुत गर्नुभयो । कोषध्यक्ष सुविन मानन्धरले लेखा परिक्षण प्रतिवेदन तथा बार्षिक बजेट प्रस्तुत गर्नुभयो । लेखा सुपरिवेक्षण समितिका संयोजक ओमकाजी प्रजापतीले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभयो । संस्थाले आधुनिक प्रविधि मैत्री सेवा प्रवाह गरी शेयर सदस्यहरुको आर्थिक सामाजिक र सांस्कृतिक आवश्यकता पुरा गर्न लागि परेको संस्थाका प्रवन्ध सञ्चालक जितेन्द्र नकर्मीले बताउनु भयो । विभिन्न सामाजिक क्रियाकलाप गर्दै आएको संस्थाले सदस्य मृत्यु राहत २० हजार प्रदान गर्दै आएको छ । गरिव तथा जेहेन्दार छात्र वृत्ति प्रदान गरेको जनाएको छ । आधुनिक तथा विद्युतीय कारोवार गर्ने, आवद्ध सदस्यहरुलाई सेवा दिने उद्देश्यले सम्भाव्य क्षेत्रहरुमा सेवा केन्द्र सञ्चालन गर्ने, सहकारी एकिकरण गर्न पहल गर्ने र क्षेत्रीय भेलाहरुको अयोजना गर्ने लगाएतको बार्षिक कार्ययोजना अघि सारेको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्