जग्गा विवादको कारण हिंसात्मक रुपमा झडप हुँदा रोषीगाउँपालिका वडा नं ११ भैसेडाँडाका २६ बर्षीय सुव्वा विसुन्खेको मृत्यु भएको छ । झडपमा परेर एकजना गम्भीर घाइते भएका छन् । घाइतेको उपचारको लागि हेलिकप्टरबाट काठमाण्डौँ लगिएको छ । बञ्चरो र ढुङ्गा प्रहारबाट सुब्बा बिसुन्खेको मृत्यु भएको हो । उपचारको लागि धुलिखेल अस्पतालमा लगिएको भए पनि अस्पतालले मृत्यु घोषणा गरेको इलाका प्रहरी कार्यालय मंगलटारका इञ्चार्ज शेखर खड्काले बताउनु भयो । बिहान घरमै २५ बर्षका छिमेकी सन्तोष नेपालीले ढुङ्गा प्रहार गरेका थिए । सुब्बा विसुन्खेले आफ्नो बुवालाई बञ्चरो प्रहार गरेको देखेर सन्तोसले ढुङ्गा हान्दा लागेका करीव ५५ बर्षीय खड्का नेपालीलाई उपचारको लागि हेलिकप्टरबाट काठमाण्डौ लगिएको छ । ह्याम्स अस्पतालमा उपचार भइरहेको छ । घटनाको थप अनुशन्धान जिल्ला प्रहरी कार्यालय धुलिखेल काभ्रेले अघि बढाएको जनाएको छ ।
