पछिल्लो २४ घण्टामा काभ्रे जिल्लामा ४१ जना कोरोना संक्रमीत थप भएका छन् । जस अन्तरगत् बनेपा नगरपालिकाबाट २८ जना, मण्डनदेउपुर नगरपालिकाबाट ४ जना, पनौती नगरपालिकाबाट २ जना, पाँचखाल नगरपालिकाबाट १ जना, रोशी गाउँपालिकाबाट १ जना र धुलिखेल नगरपालिकाबाट ५ जना गरी ४१ जना रहेका छन् । कोरोना संक्रमणबाट काभ्रे जिल्लामा १३ जनाको मृत्यु भएको छ भने पछिल्लो समय १६ जना डिस्चार्ज भएका छन् । कोरोनाबाट बनेपाको साँगामा एकै घरका २ दाजुभाइको उपचारका क्रममा मृत्यु भएको छ । यो रोग पछिल्लो समय धुलिखेल नगरपालिकाका नगर प्रमुख, बनेपा नगरपालिकाका नगर प्रमुख, प्रमुख प्रशासकिय अधिकृत समेतलाई देखा परेको छ ।
नेपालमा कोभिड–१९ (कोरोना भाइरस) का सक्रमितको संख्या एक लाख ३६ हजार ३६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार तीन हजार सात सय ९० जनामा सक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा १५ हजार सात सय १४ जनाको नमुना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । त्यस्तै गएको २४ घण्टामा दुई हजार तीन सय ३५ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको संख्या ९४ हजार पाँच सय एक पुगेको छ । अब नेपालमा ४० हजार सात सय ७८ जना सक्रिय सक्रमित आइसोलेशनमा रहेका छन् । यस्तै चार हजार चार सय ७० जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा १८ जनाको ज्यान गएसँगै कोरोना सक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ सय ५७ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।
