धुलिखेल नगरपालिकाका नगर बासीले दशैँ, तिहार र छठ पर्वमा साल्ट टे«डिङ कर्पोरेशन लिमिटेड विक्री केन्द्र र धुलिखेल उद्योग बाणिज्य संघको पहलमा खाद्य सामग्री शुुफथ मुल्यमा उपभोग गर्न पाउने भएका छन् । धुलिखेल नगरपालिकाले बनाएको सपिङ कम्प्लेक्सबाट खाद्य सामग्री लिन सकिन्छ । धुलिखेल वडा नं ६ पोखरी नजिकैबाट उक्त सेवा प्राप्त गर्न सकिने छ । धुलिखेल उद्योग वाणिज्य संघ अध्यक्ष मञ्जुकुमार कोजुका अनुसार बन्दाबन्दीको समयमा समेत साल्ट टे«डिङसँगको समन्वयमा विपन्न वर्ग मजदुरहरुलाई राहत सामग्री वितरण गरेको बताउनु भयो । चिनी प्रतिकेजी रु ७०, कुक तेल रु १६०, भान्साघर चामल प्रति बोरा रु १५००, मुसुरो दाल प्रतिकेजी रु १२०, मासको दाल रु १५५, खोस्टे मुगीदाल १६५, ५ केजी पिठोको रु २८५, २ केजीको १२०, खैरो चना प्रति केजी रु १२५ मा उपभोक्ताले खरिद गर्न सक्ने कार्यालय सचिव अविनेश्वर कार्कीले बताउनु भयो। उक्त दशैँ बजार फूलपातिको दिन सम्म चल्ने छ ।
