पनौती,
पनौती ६ गोरखनाथ मन्दिर पञ्चधातुद्वारा गणेश मूर्ति स्थापना गर्न श्रीमद भागवत सान महायज्ञ लगाई रकम संकलन गरेको छ भने नपुग रकम स्थानीय बासिन्दा बुद्धिजीवीबाट सहयोग संकलन गरी बनाउने जनाएको छ । पनौती वडा नं ६ का वडा अध्यक्ष सुधिर सापकोटाको प्रमुख आतिथ्यतामा घटस्थापनाको दिन शुभ साइत गरिएको हो । गणेश मूर्तिको स्थापना गर्न वेस ढलान गरिएको छ । मन्दिर निर्माण समितिका सचिव हरिशरण कार्कीका अनुसार आगामी माघ १ गते भित्र गणेशको मूर्ति निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको बताउनु भयो । – विकुनारायण ताम्राकार
