काभ्रे किराँत सेवा समाज काभ्रेको तदर्थ समिति गठन भएको छ । देशका विभिन्न क्षेत्रबाट कर्मथालोको रुपमा काभ्रे जिल्लामा कार्य गरी बसोवास गर्ने राई, लिम्बु, याख्खा,सुनुवार समुदाय र किराँतहरुको एक भेला आयोजनाबाट मणिकुमार तुम्रोकको संयोजकत्वमा तदर्थ समिति गठन गरेको हो । किराँत, लिम्बुहरुको जन्म थलो नेपालको पूर्वी भेगलाई मानिन्छ । दाजुभाइहरुको भइचारा सम्बन्धलाई प्रगाढ गराइ एकताबद्ध हुन समिति गठन गरेको संयोजक मणिकुमार तुम्रोकले बताउनु भयो । आफ्नो भाषा धर्म संस्कार र संस्कृतिको जगेर्ना गर्ने उद्देश्य रहेको छ । उपाध्यक्ष जय वान्तवाराई, सचिव राजेन्द्र कुमार मादेन लिम्बु, कोषध्यक्ष सम्झना लिंखा याख्खा सहसचिव रंजीतकुमार चाम्लीङ राई, सह कोषध्यक्ष सुवास नेवाङ लिम्बु र सदस्यहरुमा प्रेम बहादुर, आङ बुहाङ लिम्बु, हरि बहादुर वाखावा राइ, समिता राइ रहेको काभ्रे किराँत सेवा समाजको तदर्थ समिति गठन गरेको छ ।
