सत्या सेवा सुरक्षणम प्रहरीको नारालाई नागरिकहरुको जीउधनको सुरक्षामा खटिने प्रहरीहरुको ६५ औँ प्रहरी दिवस शुक्रवार सम्पन्न भयो । जिल्ल प्रहरी कार्यालय काभ्रे धुलिखेलका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । प्रजिअ पोखरेलले २०१२ मा प्रहरी ऐन जारी भए सँगै विश्वसनिय रुपमा प्रहरीले जनताहरुको सेवा गर्दै आएको बताउनुभयो । शान्ति शुसासन र अमन चयन कायममा प्रहरीको ठूलो भूमिका रहँदै आएको प्रजिअ पोखरेलले बताउनु भयो । काम गर्दै गर्दा केही कमिकमजोरी हुन्छ । त्यस्ता कमिकमजोरीलाई सुधार गर्दै नागरिकहरुलाई प्रभावकारी सेवा प्रदान गर्न प्रहरी सधैँ तत्पर रहेको बताउनु भयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोमिराम तिमल्सीनाले शुभकामना मन्तव्य राख्नु भएको थियो । जिल्ला प्रहरीकार्यालय धुलिखेलका एसपी रविकुमार पौडेलले प्रहरी संगठनले पु¥याएको सेवाको बारेमा प्रष्ट पार्नु भएको थियो । अमर कर्मचारी तर्फ प्रहरी नायव निरिक्षक देवकुमार खरेल, प्रहरी सहायक निरीक्षक हरिबहादुर शाही, ऋषि धिताल, रामचन्द्र केसी, गणेश प्रसाद मैनाली सानु जंगथापा, सुदर्सन वस्ताकोटी, हरीसुन्दर थापा, टिकाराम त्रिपाठीको परीवारलाई सुम्मान गरेको थियो । प्रहरी निरीक्षक सुरेश खत्री, प्रहरी नायव जिरिक्षक चन्द्रकुमार श्रेष्ठ , प्रहरी नायव निरीक्षक सिता श्रेष्ठ, प्रहरी सहायक निरीक्षक रामकुमार बुढाथोकी, प्रहरी हवल्दार दिपेश श्रेष्ठ, प्रहरी हवल्दार पुस्कल खडकालाई नगदद्वारा पुरस्कृत गरिएको छ । कार्यक्रममा काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश मानन्धर लगाएतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सभा पतित्व संघीय प्रहरी इकाई काभ्रेका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक उमेशराज जोशीले गर्नु भएको थियो ।
