फेरि पनि सबैको नजर देशको सर्बोच्च अदालतमा गएको छ। पाँच महिनाभित्र दोस्रो पटकसाम्सद भंग भएपछि फेरि कानुनी रस्साकस्सी चल्नु नेपालको नियति भएको छ । बर्तमान संविधानको धारा ७६ (५) अनुसारको प्रधानमन्त्रीमा शेरबहादुर देउवाको दावी हुँदा हुदै राष्ट्रपति विद्यादेवी भण्डारीले रित नपुगेको भन्दै शुक्रबार देउवाको मागदावी खारेज मात्र गरिनन प्रधानमन्त्री खड्ग ओलीलाई साथ् दिदै शुक्रबार मध्यरातमा २०७७ फागुन ११ गते पुर्स्थापित संसदलाई दोश्रोपल्ट भंग गरिदिईन । कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन घोषणा गरेकी राष्ट्रपति भण्डारीप्रति अहिले आक्रोस बढेको छ । राजतन्त्र हुँदा राजा ज्ञानेन्द्रले जनताका अधिकार खोस्ने सबै काम मध्यराति नै गर्थे । पाँच विपक्षी गठबन्धनका सांसदहरुले संसद पुनर्स्थापना गर्न र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै हिजो सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। आइतबार नै रिट दायर गर्ने भनिएता पनि संसदहरुको हस्ताक्षर नपुगेपछि हिजो सोमबार १४६ संसदले रिट दायर गरेका हुन् । राष्ट्रपतिले देउवालाई प्रधानमन्त्रीमा नियुत्ति नगरी प्रम ओलीको सिफारिसमा संसद भंग गरेपछि पाँच दल एकजुट भएका हुन् । कोरोना संक्रमण महामारीको बेला सड़क आन्दोलन गर्न असम्भव देखिएकाले सबै अदालतको भरमा छन् ।
राष्ट्रपति भण्डारीले शुक्रवार प्रधानमन्त्रीको निम्ति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पेश गरेको दाबी अस्वीकृत गरिदिएकी थिइन्। दुबैले गरेको दाबीमा आधार नपुगेको भन्दै राष्ट्रपति कार्यालयले झन्डै मध्यरातमा उक्त निणर्य सार्वजनिक गरेको थियो ।
राष्ट्रपति कार्यालयको विज्ञप्तिमा भनिएको थियो , “दाबीकर्ता दुवै माननीय सदस्यहरूका समर्थनकर्ता भनिएका सदस्यहरू एक अर्कामा दोहोरो परेका, दलको निणर्य विपरीत एकले अर्कोलाई समर्थन गरेको समेत देखिएको र सम्बन्धित दलले मान्यता नदिन लेखी आएको समेत देखिएकोले नेपालको संविधानको धारा ८९ को खण्ड (ङ) समेत आकर्षित हुन सक्ने, राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को परिच्छेद ६ का विषयहरू समेतलाई ध्यान दिंदै दाबीकर्ता दुवै माननीय सदस्यहरूले संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने ठोस आधार नदेखिएकोले उक्त उपधारा (५) बमोजिमका दाबीकर्ता दुवै माननीय सदस्यहरूको दाबी नपुग्ने देखिएकोले प्रधानमन्त्री पदमा नियुक्ति गर्न मिल्ने देखिएन ।“ नेपालमा गणतन्त्र आए पछि सबैभन्दा विवादित प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारी भएका छन् ।
रिटमा के के माग छन् ?
१. संसद विघटन गर्न सिफारिस गर्ने मन्त्रिपरिषको निणर्य खारेज
२. संसद अधिवेशनको मिति तोक्नुपर्ने
३. संविधानको धारा ७६(५) अनुसार शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश ।
४. प्रधानमन्त्री नियुत्त्का लागि हस्ताक्षर गर्ने संसदलाई दल त्याग सम्बन्धि कारवाही गर्न नहुने ।
