IMG-LOGO

ओलीको माधव नेपाललाई अन्तिम चेतावनी  काभे जिल्लामा पनि वडासम्म समानान्तर कमिटी

 मंगल, बैशाख ७, २०७८  ---

 
    नेकपा एमाले केन्द्र देखि वडासम्म फुटेको छ ।  फुटको घोषणा हुन मात्र बाँकी छ । दुवै पक्षका वडा देखि केन्द्रसम्मका भेला र  बैठक जारी छन् । हिजो सोमबार बसेको ओली पक्ष एमाले महाधिवेशन आयोजक कमिटी बैठकले माधव नेपाल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र कर्णालीमा पाँच सांसदलाई अन्तिम चेतावनीसहितको स्पष्टीकरण सोध्ने भएको छ ।  त्यसैगरी कर्णालीमा फ्लोर क्रस् गर्ने प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमर थापा, कुर्मराज शाही र देवी ओलीसहित थप २० जनालाई २ दिनको समय सीमा सहित अन्तिम स्पष्टीकरण सोध्ने निर्णय पनि  गरेको छ । उनीहरूले चित्त बुझ्दो स्पष्टीकरण नदिएमा १० गतेको बैठकले कारवाही गर्ने बताइएको छ ।  बैठकले राष्ट्रिय प्रतिनिधि परिषदको बैठक साउन २५ देखि २७ गतेसम्म राख्ने निर्णय समेत गरेको छ । साउनमा हुने परिषदले विधान संशोधन लगायतका निर्णय गर्न पाउँछ ।
    तत्कालीन नेकपा विभाजनको बेला केपी ओली  पक्षीय नेकपाको केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य मनोनीत भएका सबै केन्द्रीय सदस्यहरू अब नेकपा एमालेको राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य हुने भएका छन्। प्रधानमन्त्रि निवास बालुवाटारमा सम्पन्न एमाले केन्द्रीय महाधिवेशन आयोजक कमिटीको बैठकले पुष ७ गते तत्कालीन नेकपा केन्द्रीय कमिटीमा मनोनित भएका ११ सयभन्दा बढी नयाँ सदस्यहरूलाई एमालेको राष्ट्रिय प्रतिनिधि परिषद् सदस्यमा रुपान्तरित गरेको हो । पुस ५ गते प्रधानमन्त्रिले प्रतिनिधिसभा विघटन गरेपछि पुष ७ गते बालुवाटारमा बसेको ओली अध्यक्षताको बैठकले ४४१ सदस्यीय नेकपा केन्द्रीय कमिटीमा नयाँ सदस्य थप गरी ११ सय ९९ सदस्य कायम गरेको थियो । बैठकमा प्रधानमन्त्रि तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले नेपालको इतिहासमै पहिलोपटक अलोकतान्त्रिक, गैरसंसदीय र अराजक हर्कत गरेको भन्दै यो अपराधमा क्षम्य नहुने  बताएका थिए ।
 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्