काभ्रे र आसपासका जिल्लाहरुमा पहिलो सामुदायिक कलेज काभ्रे बहुमुखी क्याम्पसमा अहिलेसम्मकै नराम्रो घटना घटेको छ । कलेजमा अध्ययनरत पाँच विद्यार्थीहरुले क्याम्पसले ठगी गरेको अभियोग लगाउदै क्याम्पस प्रमुख केजी बयदार क्याम्पसका अध्यक्ष लम्बोदर कायस्थ सञ्चालक कृपेन्द्र श्रेष्ठ विरुद्ध ठगीको आरोप लगाउदै प्रहरीमा निवेदन मात्र होईन घटना अदालत पुगेको छ । यसबारे काभ्रे टाइम्सले खोज गर्दा अभियोग लागेकाहरुलाई पक्राउ गरेर मुद्दा चलाउन निवर्तमान संचार मन्त्री तथा क्याम्पस रहेकै क्षेत्रका सांसद गोकुलप्रसाद बास्कोटाले सिडियोलाइ दबाब दिएको कुरा अभियोगी तीनै जनाले काभ्रे टाइम्सलाई बताए ।
बामपंथीहरुले सञ्चालन गरेको क्याम्पस भनेर कहलिएको काभ्रे बहुमुखी क्याम्पसको स्थापना स्व. केदार प्रधानको सक्रियतामा २०३७ सालमा स्थापना भएको हो । तत्कालीन नेकपा एमाले बनेपाका पिल्लर तथा क्याम्पसका अध्यक्ष लम्बोदर कायस्थलाई यो उमेरमा किन ठगीमा फसाउन लागेका होलान् भनेर बिरोधी काङ्ग्रेसहरु पनि आश्चर्य चकित छन् । अखिलका पूर्व नेता रहिसकेका क्याम्पस सञ्चालक समितिका कान्छा सदस्य कृपेन्द्र श्रेष्ठलाई दुःख दिएका होलान् भनेर अचेल बनेपाली कुरा गर्दैछन् । वामपन्थी तथा क्याम्पस प्रमुख केजी बयदार कै पालामा क्याम्पसले त्रिभुवन बिश्वविद्यालयबाट त्तब्ब् मान्यता पाएर भारी प्रगति गरेका बेला अखिललाइ उचालेर मुद्दा हाल्नु धेरैले नाजाहेज काम भनेका छन् । क्याम्पस ब्यवस्थापन समितिले क्याम्पसलाई आर्थिक तथा भौतिक समृद्धि लगेका बेला यस्तो घटना हुनु दुर्भाग्यपूर्ण भएको जानकारहरु बताउँछन् । देशमा नेकपाको सरकार हुँदा नेकपा कै पुराना नेता लम्बोदर कायस्थ केजी बयदार र कृपेन्द श्रेष्ठ माथिको अभियोग क्याम्पसको प्रगति नचाहाने तत्वको आक्रमण हो । अभियोगी भन्छन् यो राज्य आतंक हो । उनीहरुलाइ “यस म्यान” चाहिएको छ । त्यो ल्याउनका लागि यो सबै हर्कत गरिएको हो । यस कार्यमा बनेपा नगरका मेयर लक्ष्मिनरसिं बादेको विशेष चासो छ भन्ने कुरा अभियोगी तीन जनाको एउटै मत छ । क्याम्पसलाई तहसनहस पार्न पर्दा पछाडि धेरैको आज्ञा र सल्लाहले यो काम भएको भएको बताएका छन् । अहिले कायस्थ , बयदार र श्रेष्ठ तीन जना भुमिगत छन् ।
किन यस्तो भो ?
काभ्रे टाइम्सले कार्य , कारण र परिणामलाइ हेर्दा क्याम्पस प्रमुख केजी बयदारलाई निकाल्न , क्याम्पस अध्यक्ष लम्बोदर कायस्थले २०७० को चुनावमा गोकुल बास्कोटालाई सहयोग नगरेको झोक र सञ्चालक कृपेन्द्र श्रेष्ठलाइ भावी क्याम्पसको अध्यक्षबाट रोक्न भएको षड्यन्त्र हो । नत्र सिङ्गो २३ सदस्यीय क्याम्पस व्यवस्थापन समिति विरुद्ध मुद्दा किन हालिएन ?
कृपेन्द्र श्रेष्ठ भन्छन् ।उजुरीकर्ता पाँच मध्ये १२ कक्षाका । २ विद्यार्थीले फिर्ता दिंदा पनि अखिलका जिल्ला संयोजक उपेन्द्र सापकोटा “¥याले” लाई उचालेर यो मुद्दालाई किन अघि बढाएको ? यस सम्बन्धमा उपेन्द्र संग बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।
क्याम्पस प्रमुख बयदारलाई हामीले तपाईंहरुले ठगी र भ्रष्टाचार । गर्नु भएछ भनेर सोध्दा ( बिगत केही वर्षदेखि काभ्रे बहुमुखी क्याम्पसमा केही प्रगति विरोधी तत्वले लगातार हस्तक्षेप र आक्रमण गरेर क्याम्पसमा भइरहेको सुधार र विकासमा गम्भीर व्यवधान गरिरहेको सबैलाई बिदितै छ । क्याम्पसको पुस्तकालयको जग भत्काउने , नक्सा पास गरी बिसौं वर्ष अगाडि निर्माण गरिएको कम्पाउन्ड वाल भत्काउने, क्याम्पसको जग्गा गैर कानूनी कब्जा गरी तल्ला थप गर्ने , क्याम्पसमा सञ्चालित विज्ञान कार्यक्रम वन्द गर्न पत्राचार गर्ने, कक्षा ९ र १० सञ्चालन गर्ने विषयक रितपूर्वकको निवेदनलाई स्वेच्छाचारी ढंगले रोक्ने हरकतहरुकै सिलसिलामा यस क्याम्पसको विरुद्धमा जालीमुद्दा दर्ता गर्न गरिएको षडयन्त्र नयॉ श्रृंखला हो ।
विवादित बनाउन खोजिएको
विषय परिवर्तन सम्वन्धी तथ्य र त्यस सम्वन्धी सैद्धांतिक तथा कानूनी प्रश्न निम्नानुसार छन् ।
१) क्याम्पस पब्लिक हो ।यसको सबै सम्पत्ति नेपाल सरकारको हो । नेपाल सरकारको नियमित अनुदान समेतवाट सञ्चालित यस क्याम्पसवाट कुनै त्रुटि कमजोरी भएमा पनि विश्वबिद्यालय वा शिक्षा मन्त्रालय वा त्यस मातहतका सम्बन्धित विभाग वा अड्डाले कारवाही गर्ने हो । पब्लिक क्याम्पसको विरुद्ध अदालतमा मुद्दा दिएको मिल्दैन ।
२) क्याम्पसको काम कारवाहीको विषयमा अन्यथा प्रमाणित नभएसम्म व्यक्तिगत जवाफदेहिता हुँदैन । अतः यस सम्वन्धमा कुनै पनि पदासिन व्यक्तिलाई प्रतिवादी वनाई मुद्दा दिन मिल्दैन ।
३) नेपाल सरकार र विश्वविद्यालयको निर्देशनमा सञ्चालित पब्लिक संस्थाले ठगी गरेको भन्ने कुरा सदविवेक र न्यायको दृष्टिले मिल्दैन ।
४) ठगीको कसुर स्थापित गर्नका लागि देहायको अवस्था बिद्यमान हुनु पर्छ ः–
क) झुक्याएको वा ख) वेइमानी पूर्वक कसैलाई नोक्सान पु¥याउन गरेको ग) कसैलाई फाईदा पुर्याउन गरेको ।
प्रस्तुत विवादमा क) ठगी गरियो भनेर उजुरी दिनेलाई विपक्षी वनाइएका कसैले चिनेको छैन , थिएन र भर्नाको लागि भेटेको थिएन छैन भने झुक्याएको भनेको मिल्दैन । ख) आपराधिक मनसाय राखेर वा जानीजानी उजुरीदिनेलाई नोक्सान पार्न कार्य भएको अवस्था छैन किनकि अ) क्याम्पसले बनेपा नपाले सञ्चालन गर्न अनुमति दिएको विषयको भर्ना खुल्ला गरेको हो । आ) ०७५र७६ मा राष्ट्रिय परीक्षा बोर्डले रजिस्ट्रेशन गरेको विषयमा भर्ना लिएको हो र ०७६र७७ मा मिल्दैन भनेर रजिस्ट्रेशन नगरेको हो । इ) रजिस्ट्रेशन नभए पछि तुरुन्तै सबै विद्यार्थीको इच्छा र प्राप्तांकको आधारमा फिजिक्स, केमिस्ट्री लगायतका विषयमा रजिस्ट्रेशन गराई शैक्षिक सत्र खेर नजाने गरी आवश्यक व्यवस्था गरेकोले नोक्सान पारेको नभई उद्धार गरेको हो । ई) स्वयं उजुरीकर्ताले उपर्युक्त विषयहरुको परीक्षा दिन रापबोको फर्म भरी बुझाएकोमा अहिले झुक्याएको भन्नु विवन्धनको सिद्धान्त विपरित छ ।
उ) यस सम्वन्धमा वनेपा नपाले कुन आधारमा स्वीकृति दिएको हो र रापबोले कुन आधारमा पहिले रजिस्ट्रेशन गरेर पछि किन रजिस्ट्रेशन नगरेको हो बुझी पाऊँ ।
ग) ती समेत सवै बिद्यार्थीको भर्ना र शिक्षण शुल्क यस पब्लिक क्याम्पसको खातामा आम्दानी बॉधिएको छ ।कुनै अनुचित फाइदा कसैले लिएको छैन ।
५) यसैसम्वन्धमा अख्तियारमा समेत उजुरी दर्ता भई कारवाही भइरहेकोले अर्काे मुद्दा दर्ता गर्न गरेको मिल्दैन ।
नेकपा काभ्रे अध्यक्ष रुकु चौलागाईं सचिव तथा मण्डन देउपुरका मेयर टोकबहादुर वाइबा नेता बिदुर सापकोटा क्याम्पसका पक्षमा खुलेर लागेका छन् । त्यसै कारणले प्रहरीले अभियोगीहरुलाई पक्राउ गर्न सकेको छैन । क्याम्पसको यो काण्डले नेकपामा शक्तिशाली भएका नेता गोकुल बास्कोटाको क्षमता हेर्ने बेला आएको छ । बास्कोटाले समयमै हस्तक्षेप गरेर नमिलाउने हो भने नेकपा काभ्रेमा ठुलो फुट ल्याउने मात्र होइन नेकपामा यदुवंशी लडाइँ हुने निश्चित छ ।
