IMG-LOGO

नेपाली कांग्रेसको उपसभापतिमा आचार्य, नेपाली कांग्रेसको १५ औं महाधिवेशन सम्पन्न

 मंगल, असोज २७, २०८३  टाइम्स टिम

    नेपाली कांग्रेसको १५ औं महाधिवेशन सम्पन्न भएको छ । ऐतिहासिक पार्टीको नेतृत्व गगन थापा र विश्वप्रकाश शर्माले नेतृत्व  गरेका छन् । खुल्लामंचमा शुरु भएको यो महाधिवेशनले नेपाली कांग्रेसलाई थप उर्जा दिन नयाँ नेतृत्व चयन गरेको छ । नेपाली कांग्रेसमा गगनकुमार थापाको नेतृत्वमा विश्वप्रकाश शर्मा बरिस्ठ उपसभापति र खुल्ला तर्फबाट चन्द्र भण्डारी र मधु आचार्य भएका छन् । काभ्रे जिल्लाबाट अहिलेसम्मको कांग्रेसको राजनीतिमा लागेर केन्द्रको मुख्य पदमा पुग्ने मधु आचार्य नै हुन् । शिक्षामा इन्जिनियर भए पनि किशोर अवस्था देखि नै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय आचार्य सालिन र भद्र नेताको रूपमा आफ्नो छवि कायम गरेका छन् । गत माघमा विषेश महाधिवेशनबाट सभापति भएका गगन क्रेज नेपाली कांग्रेसमा झन बढेको छ । त्यसैले अबको स्थानीय चुनाव देखि नै नेपाली कांग्रेसको लहरले राजनीतिमा हस्तक्षेप गर्ने अनुमान गरिदैछ । 
कांग्रेस पदाधिकारीमा को को ?
    सभापति गगन थापा बरिष्ठ उपसभापति विश्व प्रकाश शर्मा, उप–सभापतिहरु चन्द्र भण्डारी, मधु आचार्य, विनोद चौधरी, पुस्पा भुसाल, महामन्त्रीमा प्रदिप पौडेल, उदय शम्शेर राणा र डिला संगौला रहेका छन् । सहमामन्त्री र केन्द्रीय सदस्यहरुको भने मतगणना कार्य भइरहेको छ ।
२३ स्थानमा मत गन्ने कार्य जारी
    नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका विभिन्न पदहरूको मतगणना कार्यलाई छिटो र व्यवस्थित रूपमा सम्पन्न गर्न केन्द्रीय कार्यालय सानेपामा एकसाथ २३ स्थानमा मत गन्ने कार्य भइरहेको छ । सभापतिसहित प्रमुख पदाधिकारीहरूको मतगणना सकिएसँगै निर्वाचन समितिले सहमहामन्त्री र विभिन्न समावेशी क्लस्टरका केन्द्रीय सदस्य पदहरूको गणनालाई तीव्र गतिमा अघि बढाएको हो । धेरै पद र उम्मेदवारहरूको मतपत्र एकैसाथ व्यवस्थापन गर्नुपर्ने भएकाले निर्वाचन समितिले पद र क्लस्टरअनुसार छुट्टाछुट्टै समूह बनाएर गणना अगाडि बढाएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जनाएका छन् ।
    खुला सहमहामन्त्री, महिला सहमहामन्त्री र खुला महिला केन्द्रीय सदस्य पदको मतगणना ५ स्थानमा भइरहेको छ भने प्रवासस्थित नेपाली जनसम्पर्क समितिको मतगणनालाई तीव्रता दिन सबैभन्दा धेरै ९ स्थानमा टोली परिचालन गरिएको छ । त्यसैगरी आदिवासी जनजाति सहमहामन्त्री, आदिवासी जनजाति खुला केन्द्रीय सदस्य र आदिवासी जनजाति महिला सदस्यतर्फको गणना ३ स्थानमा भइरहेको छ । सुदूरपश्चिम प्रदेशतर्फको खुला केन्द्रीय सदस्य, महिला र ३५ वर्षमुनिका युवा केन्द्रीय सदस्य पदको मतगणना ४ स्थानमा जारी छ । पिछडिएको क्षेत्रतर्फको सहमहामन्त्री, खुला केन्द्रीय सदस्य र खुला महिला केन्द्रीय सदस्यको गणना २ स्थानमा भइरहेको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्