IMG-LOGO

प्रधानमन्त्री बालेन शाहको दैनिकी

 मंगल, भदौ ३०, २०८३  टाइम्स टीम 

    प्रधानमन्त्री बालेन्द्र साह (बालेन शाह) ले पद बहाली गरेको पाँच महिना पूरा भएको छ । पाँच महिनाको अवधिमा सिंहदरबारदेखि सडकसम्म बालेन सरकार हात्ती आयो हात्ती आयो फुस्सा भएको छ । काम देखाउने र नयाँ युवा नेतृत्वको जोस अनुभव हिन पाखण्डी देखिएको कुरा सर्वत्र चर्चा गरिँदै छ । महँगी नियन्त्रण छैन बजारमा ग्याँस छैन । शेयर बजारमा नेप्से परिसूचक गिरेको छ । जे जनताले अपेक्षा गरेका थिए त्यो नहुँदा जनता निराश भएका छन् ।
    हुन त मेयर हुँदा फिल्डमै खटिएर काम गर्ने बालेन शाहको शैली प्रधानमन्त्री भएपछि कस्तो होला ? आम चासो छ  । नागरिकको गुनासो सुन्ने, विकास निर्माणको अनुगमन गर्ने र सरकारी निकायलाई जवाफदेही बनाउने काम फिटिक्कै भएको छैन । जसरी पाँच महिना अघि उनको सार्वजनिक छविले नयाँ नेतृत्वप्रति आशा जगाएको थियो अहिले त्यत्तिकै निराशा छाएको छ ।
के गर्छन् बिहान देखि दिनभर ?
    प्रधानमन्त्रीको दैनिकी बिहानको स्वास्थ्य र राष्ट्रिय अवस्थाको जानकारीबाट सुरु हुन्छ । सिंहदरबारमा मन्त्री तथा सचिवहरूसँग बैठक, त्यसपछि सडक, खानेपानी, विद्युत् र विकास आयोजनाको चासो र फाइल हेर्ने र अनुगमनमा जाने पनि गर्छन् । दिउँसो कूटनीतिक भेटघाट र २७ जना सल्लाहकार समितिका सदस्य संग बैठक संसद्, जानै पर्ने भए जान्छन् । साँझ नागरिक सुनुवाइ तथा कामको समीक्षा गर्ने उनको दैनिकी रहेको कुरा प्रधानमन्त्री स्रोतले काभ्रे टाइम्सलाई बतायो ।
    प्रधानमन्त्रीको जिम्मेवारी महानगरको भन्दा धेरै फराकिलो भए पनि अधिकांश सल्लाहकार बालेन मेयर पदमा रहेका बखत कै छन् । अहिले मुलुक महानगर टिमले चलाएको छ । देशको अर्थतन्त्र, बेरोजगारी, महँगी, राष्ट्रिय सुरक्षा, परराष्ट्र सम्बन्ध र संघीय प्रशासनको समग्र सञ्चालन उनको प्रमुख चुनौती भए पनि उनी यस मानेमा गम्भीर छैनन् । बालेनको नेतृत्वमा जनताको अपेक्षा एउटै छ–अफिसमा बस्ने होइन, काम देखाउने हो ।
    तर काम देखाउने राजनीति केवल सामाजिक सञ्जालका फोटो र भिडियोमा सीमित छ यो हुनुहुँदैन थियो । अहिले मुलुकमा सडक बनेको छ कि छैन, खानेपानी पुगेको छ कि छैन, युवाले रोजगारी पाएका छन् कि छैनन् र जनताको कर सही ठाउँमा खर्च भएको छ कि छैन–यिनै प्रश्नले सरकारको सफलता निर्धारण गर्नेछन् । मेयरको फिल्ड शैलीलाई राष्ट्रिय शासनको परिणाममा बदल्न सक्ने कि नसक्ने ? यही हुनेछ प्रधानमन्त्री बालेन शाहको वास्तविक परीक्षा हो तर बालेन सरकार अलमलमा छ । महाविपत्तिमा परीक्षण भएको छ । जनताले अब भाषण होइन, परिणाम खोजेका छन् । सरकार को शैली जनतासङ्ग मेल खाएको छैन ।

प्रधानमन्त्रीको २७ सदस्यीय सल्लाहकार तथा सचिवालय टिम 

१. कुमार व्यञ्जनकार (कुमार बेन) – प्रमुख सल्लाहकार
२. असिम शाह – राजनीतिक सल्लाहकार
३. सुदीप ढकाल – नीति, प्रशासन तथा सुशासन सल्लाहकार
४. विवेक मिश्र – सूचना तथा सञ्चार प्रविधि सल्लाहकार
५. स्वास्थ्य सल्लाहकार – प्रा.डा. जगदीशप्रसाद अग्रवाल (अवैतनिक)
६. प्रमुख स्वकीय सचिव –सुवास शर्मा
७. नवीन भण्डारी – स्वकीय सचिव
८. सञ्जीव पाण्डे – विकास परियोजनाअन्तर्गत स्वकीय सहसचिव
९. प्रकृति ढकाल – स्वकीय उपसचिव
१०. विशाल अधिकारी – स्वकीय उपसचिव
११ . सुरेन्द्र बजगाईं – प्रेस सहजकर्ता
१२. अमृत पाण्डे – प्रेस सहजकर्ता
१३. विनय शाक्य – फोटोग्राफर
१४. अनुप थापा – भिडियोग्राफर
१५. ऋषि थापा – प्रशासन सहायक
१६. निजी सचिवालय – प्रदीप परियार – सहसचिव
१७. तुलाराज सुनुवार – उपसचिव
१८. चुडामणि बस्याल – शाखा अधिकृत
१९ डा. गणेशप्रसाद खनाल – शाखा अधिकृत
२०. निरज महर्जन – शाखा अधिकृत
२१. लिलाराज काफ्ले – शाखा अधिकृत
२२. नूतन गौतम – नायब सुब्बा
२३. भूपध्वज राई – कम्प्युटर अपरेटर
२४ राजकृष्ण महर्जन – हेल्थ टेक्निसियन
२५. बलराम खड्का – हलुका सवारी चालक
२६ . दिनेश श्रेष्ठ – कार्यालय सहयोगी 
२७. दीपा दाहाल – प्रेस तथा अनुसन्धान विज्ञ

नोट : (मन्त्रीसरह सुविधा चाहिँ कुमार बेन र असिम शाहले पाउँछन् भने सुदीप ढकाल र विवेक मिश्रले राज्यमन्त्रीसरह सुविधा पाउने व्यवस्था गरिएको छ ।)

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्