भदौ १० मा आएको भोटेकोसी बाढीले रसुवा नुवाकोट धादिङ गोरखा र चितवन जिल्लाका नदि किनारमा रहेका बस्ती बगाएर ठुलो धन जनको क्षती गरेको छ । बाढीले बस्ती बगायो, सडक बगायो, पुल बगायो जलविद्युत आयोजना बगायो तिनलाई फेरि बनाउँला तर ती सबै बनाउने पुस्ता नै बगायो । कसरी पुर्ताल गर्नसक्नु ?
सामाजिक संजाल हेरिसक्नुछैन । यो बाढीले काभ्रे जिल्लामा पनि मानविय क्षति भएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोक, धुलिखेलका अनुसार पाँचखाल नगरपालिका वडा नं. ६ तिनपिप्लेका दिलकुमार कायस्थ, र रोशी गाउँपालिका वडा नं. ९ मंगलटारका शंखबुद्ध तामाङ बाढी पहिरोमा परी मृत्युभएको जनाएको छ । मृतक लासको सनाखत भइ परिवारले बुझेको प्रशासनले जनाएको छ । काभ्रे जिल्लाका पाँचखाल नगरपालिका ४ जना सम्पर्क विहिन भएको सो मध्ये एक जना मृत्यु भएको जनाएको छ । मण्डनदेउपुर नगरपालिका एक जना, पनौती नगरपालिकाका ३, धुलिखेल नगरपालिकाका ६ जना, चौरीदेउराली गाउँपालिकाका ३, बेथानचोक गाउँपालिका ३, तिमाल गाउँपालिकाका ७, रोशी गाउँपालिकाका १ जन शंखबुद्ध तामाङको निधन भइ परिवारले लास सनाखत गरी बुजेको प्रशासनले जनाएको छ । बनेपा नगरपालिकाका ७ जना, भुम्लु गाउँपालिकाबाट ४ जना र ठेगाना नखुलेको २ जना गरी ४० जना सम्पर्क विहिन भएको जिल्ला प्रशासन कार्यालय काभ्रेमा उक्त पालिकाका आफन्तले सम्पर्क विहिन भएकोले खोज तलास गर्न आग्रह गरेको जनाएको छ ।
अम्बिकाका श्रीमान रामशरण तिमल्सिना रसुवाबाट भदौ १० गते देखि सम्पर्क विहिन छन् । उनको तत्काल खोजविन र उद्धारका लागि परिवारले अपिल गरेको छ । घटनाको पाँच दिन वितिसक्दा समेत आफन्तहरु सम्पर्कमा आउन नसके पछि आफन्तहरुको विलौना शुरु भएको छ । भोटेकोशी नदीमा २०८३ भदौ १० गते आकस्मिक रूपमा आएको बाढीपछि काभ्रेबाट कामको सिलसिला तथा भ्रमणका क्रममा रसुवा र नुवाकोट पुगेका ४० जना सम्पर्कविहीन भएको विवरण सार्वजनिक भएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेमा आफन्तजन तथा सम्बन्धित व्यक्तिहरूले गराएको जानकारीअनुसार भदौ १५ गते दिउँसो ५ बजेसम्म ४० जनाको नाम सम्पर्कविहीनको सूचीमा दर्ता भएको छ ।
सम्पर्कविहीन हुनेमा चालक, सहचालक, हाइड्रोपावरमा कार्यरत कर्मचारी, ट्रेकिङ गाइड, होटल व्यवसायी, व्यापारी तथा विभिन्न पेशामा संलग्न व्यक्तिहरू रहेका छन् । भुम्लु–१ दोलालघाटका महेश पन्त मानसरोवर जाने तीर्थयात्री लिएर गएको उल्लेख छ । त्यस्तै चौरीदेउराली–५ का हेमन्त चौलागाईं काब्य बिजनेस क्यारिङको काममा, पनौती–५ का दिनेश श्रेष्ठ व्यापारका क्रममा त्यसैगरी बनेपा–९ का उद्धव सापकोटा भेन चालक, तेमाल–६ का सुमन तामाङ ट्रेकिङ गाइड तथा सोही स्थानका मिलन तामाङ, सुजित तामाङ, डुप्साङ तामाङ र ज्ञानबहादुर राना मगर पनि सम्पर्कविहीन बाँकी पेज ८ मा........ सूचीमा छन् । चौरीदेउराली–७ माइती भएकी सम्झना मोक्तान पतिसँगै गएको विवरण प्रशासनमा टिपाइएको छ ।
सूचीमा बनेपा–१० का बालकृष्ण रञ्जित डब्बा भेन चालक, सिताराम श्रेष्ठ चालक, रिकेश बस्नेत सहचालक तथा धुलिखेल–८ का महेश तामाङ पनि रहेका छन् । धुलिखेल–२ का उद्धव न्यौपाने सान्जेन हाइड्रो कम्पनीमा कार्यरत रहेको, बेथानचोक–४ का राजकुमार लोप्चन, रोजिना लोप्चन त्रिशूली बजारमा होटल व्यवसाय गर्दै आएको तथा सोही स्थानका आइते तामाङ हाइड्रोपावरमा कार्यरत रहेको विवरण छ । बनेपा–८ का एगेश श्रेष्ठ स्कर्पियो चालक, चौरीदेउराली–२ हाल कलंकी बस्ने राजेन्द्र प्रधान क्लासिकटेकको सामान लिन गएको तथा सिपाघाट ठेगाना भई हाल धुलिखेल बस्ने रामशरण तिमल्सिना घट्टेखोला आसपासबाट सम्पर्कविहीन भएको जनाइएको छ ।
धुलिखेल–२ का संगम चौलागाईं लाङटाङ खोला हाइड्रो कम्पनीमा सब–इन्जिनियर, तेमाल–७ का विशाल तामाङ अपर हाइड्रोपावरमा स्काभेटर चालक तथा पनौती–३ का अच्युतम सापकोटा रसुवा भन्सारमा सामान क्यारी गर्ने काममा संलग्न रहेको विवरण प्रशासनमा पुगेको छ । त्यस्तै भुम्लु–१ रिठ्ठेठेका मिलन श्रेष्ठ भन्सार छुट भएको जानकारी गराउँदै अन्तिमपटक घरमा सम्पर्कमा आएको र त्यसपछि सम्पर्कविहीन भएको जनाइएको छ। बनेपाका आषिष गुभाजु, तेमाल–८ का गणेश लामा, पाँचखाल–१२ का मिलन खरेल, बनेपा–१० का प्रल्हाद गिरी र भुम्लु–१ रिठ्ठेका प्रकाश श्रेष्ठ पनि सूचीमा छन् । बनेपा–८ का भोगेन्द्रकुमार खत्री मेलुङ स्थित अपर त्रिशुली हाईड्रोपावर प्राजेक्टमामा कार्यरत रहेको, धुलिखेल नगरपालिका–२ का सुकुमान तामाङ हाइड्रोपावरमा कार्यरत तथा सोही स्थानका विकास तामाङ पनि सम्पर्कविहीन सूचीमा रहेको जिल्ला प्रशासन काभ्रेले जनाएको छ ।
धुलिखेल नगरपालिका–२ का राजु थापा कन्टेनर लिएर गएको, भुम्लु–५ जोरपिपलका राजकुमार रिजाल स्कार्पियो चालक, बनेपा–१३ साँगाकी प्रकृति डङ्गोल त्रिशूली बट्टारस्थित माइत गएको र त्यसपछि सम्पर्कमा नआएको विवरण छ । त्यसैगरी पाँचखाल–१२ का राजकुमार गौतम क्यारीको काम गर्ने, मण्डनदेउपुर–२ का कुलबहादुर तामाङ कामको सिलसिलामा गएको तथा पनौती–९ का अर्जुन खत्री केसी भेन चालक रहेको प्रशासनमा टिपाइएको विवरणमा उल्लेख छ । भोटेकोशी नदीमा आएको आकस्मिक बाढीपछि रसुवा र नुवाकोट क्षेत्रमा ठूलो क्षति भएको छ । बाढीपछि सम्पर्कविहीन भएका व्यक्तिहरूको खोजी तथा उद्धारका लागि सुरक्षा निकाय परिचालन भइरहेका छन् । जिल्ला प्रशासन कार्यालय काभ्रेमा प्राप्त विवरणमा थपघट हुन सक्ने भएकाले प्रशासनले सम्पर्कविहीन व्यक्तिको अवस्था यकिन गर्न सम्बन्धित परिवार तथा निकायसँग समन्वय गरिरहेको प्रशासनले जनाएको छ ।
त्यस्तै काठमाडौ विश्वविद्यालयबाट स्कुल अफ इन्जिनियरिङमा अध्ययनरत समीर पौडेल, सृष्टि बास्तोला, शिशिर गिरी इन्टनसिपमा गएका थिए । त्रिशुली थ्री बी हाईड्रोको प्रोजेक्ट साईट तथा फिल्ड अफिस पुरिएको तथा बगेको हुनाले भग्नावशेष समेत हालसम्म भेटिएको छैन । तीन विद्यार्थी सोहि प्रोजेक्टमा इन्टर्नसिपमा कार्यरत थिए । हाल बेपत्ता छन् । त्यस्तै स्कुल अफ लमा अध्ययनरत विद्यार्थी मनिल कायश्थ त्रिशुली बजारबाट सोहि दिन विहान ८.३० देखि सम्पर्क विहिन भएको प्रशासनले जनाएको छ ।
पाँचखाल ६ का दिलबहादुर र रोशी ९ का शंखबुद्धको मृत्यु
गत भाद्र १० गते रसुवा जिल्लाको भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको भिषण बाढीकै कारण दुईजनाले ज्यान गुमाएका छन् । रसुवाको बाढी पहिरोमा परि पाँचखाल नगरपालिकाका वडा नं. ६ तीनपिप्लेका दिलकुमार कायस्थ र रोशी गाउँपालिकाका वडा नं. ९ मंगलटारका शंखबुद्ध तामाङको मृत्यु भएको पुष्टि भएको कुरा जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोक धुलिखेलले जनाएको छ ।
