IMG-LOGO

डा गोविन्द केसीका माग पुरा गर

 मंगल, असोज २०, २०७७  आर . एल . श्रमजीवी


    १९ औं पटक अनशनरत डा. गोविन्द केसी आज अनशन बसेको २३ औं दिन हो । प्रधानमन्त्री केपी ओलीको सरकारले अहिलेसम्म वार्ताको कुनै चासो देखाएको छैन । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले १८औँ अनशन सम्म गरेका र भएका वार्ता सहमति सम्झौताको आजसम्म कार्यान्वयन नभएका कारण उनले जुम्लाबाट १९ औं अनशन सुरु गरेका थिए ।
    शुरुमा  डा.केसीले जुम्लाको सिंहाचौरमा रहेको वाविरा मस्त मन्दिरमा १९ औँ अनशन थालेका उनी पछि काठमाडौं आएका थिए । अहिले उनी आफु सेवा निवृत्य त्रिवि शिक्षण अस्पतालमा अनशनरत छन् ।
    नेपालीको निःशुल्क गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवामा समान पहुँचको सुनिश्चितता र वर्तमान सरकारको लुटतन्त्र तानाशाहीतन्त्र विरुद्ध  १९ औं सत्याग्रह सुरु गरेको बताउने  डा .केसीको स्वास्थ अवस्था दिन प्रतिदिन नाजुक बन्दै गएको छ । अहिले उनलाई अक्सिजन दिन थालिएको छ । उनको स्वास्थ हेरिरहेका डाक्टरहरुका अनुसार छिटो वार्ता गरेर उनका माग सम्बोधन नगरे डा. केसीको ज्यान पनि जान सक्ने कुरा  बताएका छन् अहिले उनको समर्थनमा  विभिन्न ठाउँमा दिनहुुँ सरकार विरोधी कार्यक्रम भइरहेका छन् । सरकार नसुने झै गरिरहेको छ ।
के छन् डा. केसीका माग ?
    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस लगायतका शैक्षिक कार्यक्रम सञ्चालन गरिन ुपर्ने र स्नातकोत्तर तहको अनुमति तत्काल प्रदान गर्नु पर्ने, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठनपाठन सुरु गरिनु पर्ने, प्रदेश २ र गण्डकी प्रदेश तथा डोटी, डडेलधुरा, उदयपुर र इलाम, पाँचथरमा सरकारी मेडिकल कलेज तथा अस्पताल निर्माण कार्यलाई तत्काल अघि बढाउन उनले माग गरेका छन्
    यो भन्दा अगाडिको सत्याग्रहका बेला गरिएका सम्झौताहरु अहिलेसम्म पनि सरकारले कार्यान्वयन नगरेकाले आफू अनसन बस्न बाध्य भएको डा.केसीले बताउदै आएका छन्
को हुन डा केसी ?
     एउटा गर्विलो नाम गोविन्द केसी अर्थात सत्याग्रह आन्दोलनका अथक योद्धा । साँच्चिकै समाजसेवी,अधिकारकर्मी तथा नेपाली जनतालाई माया गर्ने एउटा चिकित्सक  । केही महिना अघिसम्म  एक अर्थोपेडीक सर्जन थिए । उनी लामो समय त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पतालका अर्थोपेडिक प्राध्यापक एवं सर्जन भएर काम गरे । उनले नेपालको स्वास्थ्य क्षेत्रमा भएका बेथिति, दुराचार, अवैध तथा अनियमित व्यवस्थाको विरोध गर्दै विभिन्न समयमा  पटक पटक अनसन बस्दै आए । उनले उठाएका मागप्रति उनीसङ्ग विभिन्न समयका सरकारले सम्झौता पनि गर्यो तर कार्यान्वयन भने सत प्रतिशत भएन र पो उनी अझै अनशन बस्दै आएका छन् । उनी नेपालको स्वास्थ्य क्षेत्रको सुधार आन्दोलनका एक्ला बृहस्पति पनि हुन् ।  स्वास्थ क्षेत्रमा अत्यन्तै चिन्तित डा.  केसी कहिले बाढीग्रस्त क्षेत्र पुग्छन् त कहिले औषधीका झोला बोकेर सुदुर पश्चिमको दुर गाउँमा बिरामीसँगै हुन्छन् । यस्तो डाक्टर यस अघि थियो ? न पछि होला ?
       अविवाहित डा.गोविन्द केसी को जन्म रामेछाप जिल्लामा भएको थियो । काठमाडौँको आफन्तको बस्दै आएका उनको घर पनि छैन ।जीकेसी, डा.केसी, डा.जिकेसी उपनाम रहेकोे उनले महाराजगञ्ज शिक्षण अस्पताल –एच.ए. गरेपछि  राजशाही मेडिकल कलेज, राजशाही, बङ्गलादेशबाट एम.बी.बी.एस.गरेका हुन् । अर्थपेडिकमा उनले ढाका विश्वविद्यालय, बङ्गलादेशबाट  (एम.एस.) गरेका हुन् ।
सधै सबैको साथ समर्थन
     डा केसीको १९ औं  सत्याग्रह प्रति सबै क्षेत्रका नागरिकको साथ समर्थन बढ्दो छ । आइतबार विपक्षी नेपाली काङ्ग्रेसका सभापति  शेरबहादुर देउवा लगायत विभिन्न संघ सस्था कलाकर्मीले उनका माग पुरा गर्न बिज्ञाप्ति निकालेर सरकारलाई वार्ता गर्न आग्रह गरेका छ्रन् ।
    जीवनको मुल्य सर्वसाधारणलाई भन्दा डाक्टरलाई बढी थाहा हुन्छ । सर्पको खुट्टा सर्पले मात्र देख्न सक्छ भन्छन् ( हो डा गोविन्द केसीले जति हाम्रो देशको स्वास्थ्यको बेथिति अरुलाइ के थाहा ? उनी आफ्ना लागि लडेका होइनन् उनी हामी र हाम्रा सन्ततिका लागि लडेका हुन । उनका माग जाहेज छन् । ती सबै माग हाम्रा हुन् । उनको अनशन हिजो कतिपयलाई हठी मात्र होइन जहिल्यै अनशन बस्ने कस्तो  पागल डाक्टर  होला भन्ने ठान्थे होलान् तर आज कोरोनाको कारणले हाम्रो देशको स्वास्थ स्थिति के रहेछ ? महामारीका बेला निजी भन्दा सरकारी अस्पताल चाहिने रहेछ भन्ने कुरा सबैले थाहा पाएका छन्  । डा. गोबिन्द केसीको माग जाहेज मात्र होइन हाम्रै लागि रहेछन्  भनेर सबैले जान्दाजान्दै पनि यो समाज सुतेको देख्दा  अचम्म लाग्छ  । यो बेला सबै उठौं ( डा केसीको ज्यान सुरक्षित गर्दै भावी सन्ततिलाई बचाआंै । उनको ज्यानमा तलमाथि भो भने यो सरकार जान्छ नै अब हुने आन्दोलनले बिदेशी हस्तक्षेप निम्त्याउने खतरा त्यत्तिकै छ किनभने आशा र भरोसाको केन्द्र अहिले  कोही कतै देखिएको छैन ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्