IMG-LOGO

शंकास्पद गाडी पार्किङ गरेर राज्य आतंक

 मंगल, असार ३०, २०८३  टाइम्स टिप्पणीकार 

    लोकतान्त्रिक राज्यमा अज्ञात व्यक्ति र समूहबाट मिडिया र नेताका घरमा अव्यवस्थित गाडी पार्किङ कस्ले ग¥यो ? सरकारले यसबारे यो समाचार लेख्दासम्म कुनै धारणा सार्वजनिक गरेको छैन । कान्तिपुर, अनलाइन खबर, हिमालयन टिभी लगायत मिडिया हाउसको गेट अगाडि सवारी आवागमन नै प्रभावित हुने गरी शंकास्पद रूपले गाडी पार्क गरिएको घटनाले थुप्रै प्रश्न जन्माएको छ । 
    सोमबार एकाबिहानै कान्तिपुर अनलाइन खबर र हिमालयन टेलिभिजन जस्ता सञ्चारगृह प्रवेश गर्ने गेट अगाडि अनधिकृत रूपले गाडी पार्क गरिएको देखिएपछि ति मिडियामा हल्लाखल्ला मच्चिएको थियो । सबै मिडिया हाउसका गेट अगाडि अरू कुनै सवारी आवागमन गर्न नमिलल्ने गरी गाडी रोकेर राखिएको थियो । यो सबै योजना कस्ले बनायो ? किन यस्तो गरियो ? सरकारले जवाफ दिनुपर्छ । मिडियालाई नै लक्ष्य गरेर नियतवश गाडी पार्किङ किन गरियो ? गणेश नेपालीको मृत्यु पछि महानगर प्रहरी सडकमा छैनन् । यहीबेला चर्चित मिडियालाई निशाना बनाउनु यो सरकारकै काम हो भन्नेहरु पनि छन् । प्रधानमन्त्री बालेनका अन्धभक्त समर्थकको हात पनि हुनसक्छ भन्नेहरू पनि छन् । 
    मिडिया हाउस मात्र होइन, अनामनगरस्थित भाटभटेनी सुपर मार्केट अगाडिको सडकमा पनि अनधिकृत रूपले गाडी पार्क गरेर राखिएको फेला परेको थियो । यसअघि आइतबार न्यूरोड क्षेत्रमा पनि सडकमै गाडी पार्क गरेर आवागमन प्रभावित तुल्याइएको थियो, बजार अस्तव्यस्त पारिएको थियो ।
    मिडिया हाउस, व्यापारिक केन्द्र र काठमाडौंको मुख्य बजार प्रभावित हुने गरी जथाभाबी गाडी पार्क गरिएको घटनाले कसले कुन प्रयोजनका लागि यसरी गाडी पार्क गरियो भन्ने प्रश्न उठेको छ । सँगसँगै, सम्बन्धित मिडिया हाउसले प्रहरीलाई खबर गर्दा पनि लामो समयसम्म ती गाडी हटाउन किन पहल भएन भन्ने प्रश्न पनि उठेको छ ।
कांग्रेस सभापति निवासमा पनि पार्किङ 
    कांग्रेस सभापति गगन थापाको घरअगाडि पनि शंकास्पद गाडी पार्किङ गरिएको छ । थापाको घरअगाडि सोमबार बिहानदेखि एउटा कार पार्क गरिएपछि स्थानीय आवतजावत प्रभावित भएको छ । स्थानीयका अनुसार बिहान करिब ७ बजेदेखि उक्त कार घरअगाडि यसरी राखिएको छ कि बाइक समेत सहज रूपमा आउजाउ गर्न सक्ने अवस्था थिएन । स्थानीयले दाबी गरेअनुसार कार त्यहाँ राखेर चालक प्रहरीकै गाडी चढेर हिँडेको देखिएको थियो ।

रवि लामिछानेलाई छट्पटी 
        प्रधानमन्त्री बालेन साहको कामगराइले रवि लामिछानेलाइ छटपटी बढाएको खबर छ । रविको कुरै नसुन्ने प्रधानमन्त्री वालेन्द्र शाहको हठी स्वभावले राष्ट्रिय स्वतन्त्र पार्टीका शक्तिशाली सभापति रवि लामिछानेलाई हर्के हवल्दार नै बनाएपछि छटपटी बढाएको निकटस्थ नेताहरूले बताएका छन् । प्रधानमन्त्री बालेनले पछिल्ला दिन गरेका दुईवटा निर्णय र त्यसको कार्यान्वयनबाट लामिछाने निकै असन्तुष्ट बनेका छन् ।
    नाम नछाप्ने सर्तमा रास्वपाका एक पदाधिकारीले हामीलाई बताए अनुसार सुकुमवासीलाई हठात् विकल्पबिनै बासस्थानबाट उठाउने कदम र पासपोर्ट छपाइमा बालेनको सचिवालयबाट भएको अनावश्यक हस्तक्षेपप्रति लामिछाने रुष्ट छन् ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्