जननेता मदन भण्डारीको ७५ औं जन्म जयन्तीका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा पूर्व राष्ट्रपति र चार पूर्व प्रधानमन्त्री जम्मा भएर कम्युनिष्ट मिल्ने खबरले सर्वत्र चासो मात्रै भएन ति कम्युनिस्ट विगतमा मिलेर २०७४ को निर्वाचन परिणामले दुई तिहाईको नजिक पुग्दा पनि पार्टी र सरकार नजोगाएको त्यही परिणाम स्वरूप आज बालेन साह जस्ता शासक भएको सचेत नागरिकको विश्लेषण छ । विपक्षी हरुली भ्रष्टाचारी भनेर उपहास गरिरहेका छन् । यि सबै कुरालाई कम्युनिष्ट नेताहरूले कसरी लिएका छन् ?
अहिले प्राप्त जनमत हेर्दा पनि कम्युनिष्ट आन्दोलन समाप्त भन्न मिल्दैन भनेर मदन पत्नी तथा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले बताएकी छिन् । मदन भण्डारी फाउन्डेसनद्वारा आयोजित विचार गोष्ठीमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन परिणामका आधारमा मात्रै कम्युनिस्ट आन्दोलन सकिएको निष्कर्ष निकाल्न नहुने उनले दाबी गरेकी छन् । उनले आन्दोलनलाई समयानुकूल परिस्कृत गर्न र जनताका आकांक्षालाई सम्बोधन गर्न आवश्यक रहेको बताइन् । उनले आफ्नो धारणा राख्दै भनिन्, ‘निर्वाचनले कम्युनिस्ट दलहरूलाई गम्भीररुपमा वैचारिक बहस गर्न अपरिहार्य बनाए । को छ । एक निर्वाचनको मतपरिणामबाट कम्युनिस्ट आन्दोलनबारे निष्कर्ष निकाल्न हतारो गर्नु हुँदैन । तथापि जनताले व्यक्त गरेका सन्देशहरूलाई स्वीकार गर्नु आजको आवश्यकता हो ।’
भण्डारीले थपिन् ‘आत्मसमीक्षा र जनतासँगको जीवन्त सम्बन्धले भविष्यप्रतिको जिम्मेवारी अझ सुदृढ बनाउन सक्छ । बदलिँदो जनआकांक्षा राष्ट्रिय आवश्यकता नीति नेतृत्वमा हुनुपर्छ । विगतको उपलब्धिको स्मरणमात्रै पर्याप्त हुँदैन ।’ साथै, नेपालको सन्दर्भमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली उपयुक्त नहुने भण्डारीको स्पष्ट धारणा छ । उनले भनिन्, ‘प्रत्यक्ष निर्वाचित कार्यकारी हाम्रो देशको लागि उपयुक्त हुँदैन भन्ने मेरो निष्कर्ष छ ।’ प्रचण्ड अति उत्साहित थिए तर पछि बोलेका केपी शर्मा ओलीले सबैलाई निराश बनाइदिए ।
(हेर्नुस् सम्पादकीय २ पेजमा)
हुन त अहिले अस्तित्वमा रहेका कुनैपनि अहिलेका कम्युनिष्टलाई कम्युनिष्ट भन्न मिल्दैन, नाम मात्रै फेर्न बाँकी छ । यिनिहरु कम्युनिष्ट सिद्धान्त आचरण र प्रणालीमा चलेका छैनन् । २०७६ पछि एउटै मञ्चमा देखा परेका नेताहरुको कम्युनिष्ट एक हुने बारेमा आ–आफ्नो बिचार थियो । नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले कार्यगत एकतामार्फत लोकतान्त्रिक तथा वामपन्थी शक्ति एकजुट हुनुपर्नेमा जोड दिए । साथै वामपन्थी शक्तिको चरित्रहत्या गर्ने प्रयास भइरहेको पनि उनले बताए । अध्यक्ष ओलीले एमालेका नीति सही रहेको दाबी गर्दै एकता वा एकीकरणका लागि पार्टीका नीतिबारे पुनः छलफल गर्ने पक्षमा आफूहरू नरहेको स्पष्ट पार्ने प्रयास गरे ।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले कम्युनिष्ट शक्तिबिच तत्काल सहकार्य सुरु गर्नुपर्नेमा जोड दिए । उनले कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाउने प्रयास भइरहेको दाबी गर्दै त्यसविरुद्ध वामपन्थी र देशभक्त शक्ति एकजुट हुनुपर्ने बताए । नेकपाका सह–संयोजक नेपालले भावनात्मक कुरा गरेर मात्रै कम्युनिष्ट एकता सम्भव नहुने बताए । नेपालले कम्युनिष्ट आन्दोलनभित्र देखिएका समस्या र विगतका विसङ्गतिको गम्भीर आत्मसमीक्षा आवश्यक रहेकोमा जोड दिए ।
पूर्वप्रधानमन्त्री एवं नेकपाका नेता खनालले कम्युनिष्ट एकताको विकल्प नभएको उल्लेख गरे । उनले लामो समयपछि दुई ठुला वामपन्थी दलका नेता एउटै मञ्चमा उभिएको उल्लेख गर्दै समय र परिस्थितिले एकताको आवश्यकता झन् बढाएको दाबी गरे । खनालले वामपन्थी एकतालाई आजकै दिनबाट दीर्घकालीन रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए ।
