IMG-LOGO

बालेन सरकारलाई अमेरिकाले ६ वटा हेलिकप्टर दिने

 मंगल, बैशाख १५, २०८३  – टाइम्स विश्लेषक

   प्रधानमन्त्री बालेन्द्र साहको सरकारले एक महिना अवधि पूरा गरेको छ । प्रधानमन्त्री भए पछि सार्वजनिकरूपमा साह देखिएका छैनन् । यति कि प्रधानमन्त्री नबोलेरै संसदको अधिवेशन अधिवेशन अन्त्य भएको छ । मित्र राष्ट्र भारतले भारत भ्रमणका लागि निम्तो दिए पनि प्रधानमन्त्री वालेन्द्रले कहिले भ्रमण गर्छन् टुङ्गो छैन । सात समुन्द्रपारीको देश अमेरिकाले भने बालेन सरकारलाई छ वटा सैनिक हेलिकप्टर दिने भएको छ ।
    प्रधानमन्त्री भएको एक हप्ता भित्रै वैदेशिक ऋण लिएका बनेन नेतृत्वको सरकारलाई संयुक्त राज्य अमेरिकाले नेपाली सेनाको हवाई क्षमता र विपद् व्यवस्थापन कार्यलाई सुदृढ तुल्याउन ६ वटा हेलिकोप्टर उपलब्ध गराउने नयाँ प्रस्ताव अघि सारेको छ । अमेरिकी सरकारको ‘फरेन मिलिटरी फाइनान्सिङ’ अनुदान कार्यक्रमअन्तर्गत करिब १०० मिलियन अमेरिकी डलर (झन्डै १३ अर्ब नेपाली रुपैयाँ) बराबरको यो सहयोग प्याकेज प्रस्ताव गरिएको हो ।
    उक्त प्रस्तावका सम्बन्धमा अहिले दुवै देशका परराष्ट्र मन्त्रालयका अधिकारीहरू र नेपाली सेनाबीच आन्तरिक छलफल र परामर्श भइरहेको छ । सैनिक स्रोतका अनुसार, काठमाडौँस्थित अमेरिकी दूतावासले यसबारे छिटो निर्णय दिन आग्रह गरिरहेको भए पनि सेनाले हालसम्म कुनै औपचारिक प्रतिक्रिया दिएको छैन । यसअघि प्राप्त भएका हवाई साधनहरूको मर्मतसम्भार र इन्धन खर्च महँगो पर्ने देखिएपछि सेनाले यो नयाँ प्रस्तावमा गम्भीरतापूर्वक छलफल गरिरहेको छ । हेलिकोप्टर सञ्चालनका लागि आवश्यक पर्ने हवाई इन्धन, प्राविधिक तालिम र दीर्घकालीन मर्मतसम्भारको वित्तीय भार नेपाली सेनाको नियमित बजेटले धान्न सक्ने वा नसक्ने विषयमा प्राविधिक परामर्श भइरहेको बताइएको छ ।
    नेपाली सेनाका प्रवक्ता सहायकरथी राजाराम बस्नेतले सन् २०८१ मा १०० मिलियन डलरको एफएमएफ अनुदानसम्बन्धी सम्झौता भएको जानकारी भए पनि थप ६ वटा हेलिकोप्टरको विस्तृत विवरणबारे आफूलाई औपचारिक जानकारी नभएको बताएका छन् ।
    नेपाल र अमेरिकाबीच सात दशकभन्दा लामो सैन्य कूटनीतिक सम्बन्ध रहेको छ । पछिल्लो समय अमेरिकाले नेपाली सेनालाई विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ । यसअघि नै २ वटा हेलिकोप्टर सहयोग गर्ने सम्झौता भइसकेको छ, जुन आगामी वर्ष नेपाल आइपुग्ने अपेक्षा गरिएको छ । त्यस्तै, सन् २०२४ सेप्टेम्बर ४ मा अमेरिकाले दुई वटा एम–२८ स्काइ ट्रक विमान नेपाली सेनालाई हस्तान्तरण गरेको थियो ।
    अमेरिकाले खोज, उद्धार र मानवीय सहायताका लागि आवश्यक पर्ने फिल्ड हस्पिटल, एम्बुलेन्स र अन्य प्राविधिक उपकरणहरू उपलब्ध गराउँदै आएको छ । साथै, विश्वभरका द्वन्द्वग्रस्त मुलुकमा खटिने नेपाली शान्ति सैनिकहरूको व्यावसायिक दक्षता अभिवृद्धिका लागि पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको पूर्वाधार विकासमा पनि अमेरिकाको महत्वपूर्ण योगदान रहँदै आएको छ ।
    हाल प्रस्तावित ६ वटा हेलिकोप्टरले नेपालको जटिल भौगोलिक अवस्थामा हुने उद्धार र राहत कार्यमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ । यद्यपि, सञ्चालन खर्च र प्राविधिक पक्षबारे सेनाको ठोस निर्णय नआउँदा प्रक्रिया केही समय लम्बिने देखिएको छ । विपक्षीहरुले राष्ट्रिय स्वतन्त्र पार्टीको यो सरकारलाई अमेरिकी कठपुतली सरकार भन्दै आएको बेला अमेरिकाले छ वटा सैनिक हेलिकप्टर दिन प्रस्ताव गर्नु संयोग हो की योजना हो आउँदा दिनले प्रष्ट पार्ने नै छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्