IMG-LOGO

गृहमन्त्रीको फेवाताल नजिक २० रोपनी जग्गा राजधानीको अपराधकार्यमा काभ्रेली डनहरु

 मंगल, चैत २४, २०८२  – टाइम्स प्रतिनिधि

          पोखरा जस्तो महँगो ठाउँ त्यसमा पनि फेवातालको किनारमा, कुनै पनि ब्यापार ब्यबसाय नभएको  लाभको पदमा नबसेको एउटा  अल्लाहरे  ३८ बर्ष केटाको नाममा २० रोपनी जग्गा गैरकानुनी रूपमा प्रयोग भएको खबरले बालेन सरकारको सुशासनको धज्जी उडेको छ ।  

          यो घटनाले पहिलेका  ललिता निवास काण्ड, पतञ्जली काण्ड, बाल मन्दिर काण्ड भन्दा हजार गुणा ठूलो काण्ड हो भनेर चौतर्फी आलोचना भएको छ । यदि यो कुरा सत्य हो भने, सुशासनको  मुख्य नारा दिएर खडा भएको बालेन सरकारको गृहमन्त्री सुधन गुरुङले  चुपचाप राजीनामा दिनुपर्छ। किनकि सुशासन आफैंबाट थाल्नु पर्ने होइन र ?

          उपत्यकामा प्रहरीको ‘अपरेशन सेफ्टी’ अभियान जारी छ । शुक्रबार राति  किमजोङ बोस सहित १८ गुण्डा पक्राउ परेका छन् । गुण्डागर्दी र हप्ता असुली धन्दा चलाउनेहरू विरुद्ध बालेन सरकार आक्रामक रूपमा उत्रिएको हुन् । गृहमन्त्री सुधन गुरुङको निर्देशनमा विभिन्न स्थानबाट ‘किमजोङ बोस’ भनिने सुरेश गुरुङ सहित १८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा धेरै जसो काभ्रेली रहेका छन् । प्रहरीका अनुसार ः

१. सजिंव लामा, काभ्रे नमोबुद्ध–१

२. अशोक गिरी, सिन्धुपाल्चोक मेलम्ची–७

३. वकिल वम, कालिकोट, पलाता

४. सुरेश गुरुङ भन्ने किमजोङ, खोटाङ, ऐंसेलुखर्क–१

५. संजिव राई, खोटाङ, ऐंसेलुखर्क–२

६. राज कुमार तामाङ, काभ्रे, पाँचखाल–४

७. बिनोद ठकुरी, काभ्रे, मण्डनदेउपुर–१०

८. शेर्पा लामा, काभ्रे, चुरिदेउराजी–७

९. राहुल राई, खोटाङ, कपिलासगढी

१०. समेश तामाङ, नुवाकोट, दुप्चेश्वर–४

११. सुन बहादुर तामाङ, नुवाकोट, शिवपुरी–५

१२. वीर बहादुर लामा, काभ्रे, मण्डनदेउपुर–१०

१३. महेश महत, ललितपुर, महाङ्काल

१४. प्रविण तामाङ (डिम्पल) (श्याम लामा समूहमा सक्रिय रही बौद्द एरियामा गुण्डागर्दी गर्दै आइरहेको)

१५. बिर्जु महर्जन (कलंकीर बाफल एरियामा गुण्डागर्दीमा संलग्न)

१६. सुजन कार्की (कलंकी बस टिकट काउन्टर र पेट्रोल पम्प आसपास क्षेत्रमा गुण्डागर्दिमा सक्रिय)

१७. सरु हुमागाईं (स्यूचाटार एरियामा गुण्डागर्दिमा सक्रिय, पछिल्लो समय ग्याङ निर्माणमा लागेको)

१८. विकि लामा (बौद्ध एरियामा लुटपाट तथा गुण्डागर्दिमा संलग्न)

          गुण्डागर्दीको शृङ्खला हेर्दा काभ्रे जिल्ला कालोसूचीमा पर्ने देखिन्छ । त्यसमा पनि तामाङ समुदायका बढी हुनु दुःखको कुरा हो । प्रहरीको यो अप्रेसन कदमलाई ठीक भन्न सकिन्छ । तपाईं हामीले यसरी काभ्रे जिल्लाको नाम आउनु बदनाम हो । अपराधीलाई सख्त कार्वाही हुनुपर्छ काठमाण्डौं शहर सुरक्षित भएपछि मात्रै विदेशी पर्यटकको आगमन हुन्छ ।

 

 

समयमै काम पूरा नगर्ने ८ वटा निर्माण कम्पनीहरु कालो सूचीमा ११

                    कम्पनीले लिएको काम समयमै पूरा नगर्ने ८ वटा निर्माण कम्पनीलाई सरकारले कालो सूचीमा राखेको छ । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले आज सूचना जारी गर्दै ती कम्पनीहरूलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) अनुसार कालो सूचीमा राखेको जानकारी दिएको हो ।

                    सूचनामा उल्लेख छ कि अब एक वर्षदेखि तीन वर्षसम्म कालो सूचीमा राखिएका ती कम्पनीहरूले कुनै पनि सरकारी खरिद कारबाहीमा भाग लिन पाउने छैनन् । यस कदमले निर्माण कार्यको समयमा सम्पन्नता सुनिश्चित गर्ने र जिम्मेवारीबोध बढाउने उद्देश्य राखेको छ ।

कालो सूचीमा परेको कम्पनीहरुमा ः

१. रोल्पा २, तालाबाङको लोक निर्माण सेवा तथा सप्लायर्स

२. काठमाडौँको सिल्क मार्केट प्रा.ली.

३. महोत्तरी, जलेश्वरको ब्रोदर्श कन्स्ट्रक्सन

४. गोरखाको देवु निर्माण सेवा

५. चितवनको अर्भान कन्स्ट्रक्सन

६. काठमाडौँको सूर्यदीप छापाखान

७. काठमाडौँको धुलिखेल निर्माण सेवा

८. रुपन्देहीको हिमशिखर कन्स्ट्रक्सन प्रा.लि.

                    सरकारी निर्णय अनुसार, कालो सूचीमा राखिएका कम्पनीहरूले अबका निर्धारित अवधि भित्र कुनै पनि सार्वजनिक खरिदमा भाग लिन सक्ने छैनन् । यस कदमले सरकारी परियोजनामा ढिलाइ रोक्न र जिम्मेवारीमा सुधार ल्याउन मद्दत गर्ने अपेक्षा गरिएको छ ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्