IMG-LOGO

सूर्यविनायक–धुलिखेल सडक खण्ड विस्तारमा रकम अपुग विजुलीका पोल सार्न ढिलाई हुँदा सडक विस्तारमा समस्या

 मंगल, चैत १७, २०८२  रमेशप्रसाद न्यौपाने

        अरनिको राजमार्ग अन्तरगत सूर्यविनायक धुलिखेल सडक विस्तारमा रकम माग गरे अनुसार रकम अपुग हुँदा सडक विस्तारमा ढिलाइ भएको छ । दुई जिल्ला भक्तपुर र काभ्रे जोड्ने १५ दशमलब ८ किमी सडक विस्तारमा चालु आर्थिक वर्षमा विनियोजन भएको बजेट अपुग भएको हो । चालु आर्थिक वर्षमा ३ अर्ब रुपैया माग गरेको थियो । सडक र पुल निर्माणका लागि ७० करोड रुपैया मात्र विनियोजन भएको थियो । जसमा ५० करोड सडक विस्तारमा १० करोड पुल निर्माणका लागि छुटाइएको थियो । निर्माणकै क्रममा थप १५ करोड रुपैया पाए पनि त्योपनि सकि सकेको कुरा सूर्यविनायक धुलिखेल सडक आयोजनाका प्रमुख विजयकुमार महतोले बताउनुभयो ।

       तीब्रताकासाथ काम भइरहेको छ तर पर्याप्त बजेट छैन,’ महतोले भन्नुभयो, बजेट अभावकै कारणले काम नै रोक्सिकेको छैन, माग गरेअनुसार बजेट नआए काम प्रभावित बन्ने जोखिम भने कायम रहेको जनाउनुभयो ।’ समयमै बजेट उपलब्ध गर्न माग गरिरहेको उनको भनाइ छ । चालु आर्थिक वर्षमा अब कम्तीमा एक अर्ब चाहिन्छ,’ उनले भने, ’दुवै खण्डमा नाली बनाउने काम सकिने चरणमा छ डेक्का भएको एउटा खण्डमा कालोपत्र भइरहेको ७ अको खण्डमा सुरु गर्ने तयारी छ । बेसर सबबेस राखेर कालोपत्र गर्ने तयारी भइरहेको उनको भनाइ छ । यही सड़क भएर सवारीसाधन बीपी राजमार्ग हुँदै पूर्वी पहाड र तराईका जिल्ला पुग्ने गरेका छन् ।

       तत्काललाई ६० करोड रुपैयां माग गरिएको हो, सडक विभागले २० करोड रुपैयाँ रकमान्तरका लागि सिफारिस गरेर अर्थ मन्त्रालयमा पठाएको छ’ महतोले भन्नुभयो । तर अहिलेसम्म खातामा पैसा आइसकेको छैन ।’ यो सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का गरिएको छ । रकमान्तर माग गरेर अर्थमा पठाइसकिएको सडक विभागका महानिर्देशक विजय जैसीले जनाउनुभयो । ’काम भइरहेका आयोजनाको बजेट रोक्न भएन कामले तीब्रता दिन्छ भन्नुभयो । काम भइरहेको छ, बजेट अभाव नभए कामको गति बढ्ने थियो ।’

       सडक विभागबाट २० करोड रुपैयाँ माग भई आएकाले जुन उपलब्ध गराउने प्रक्रियामा रहेको अर्थ मन्त्रालयका सहसचिव एवं प्रवक्ता टंकप्रसाद पाण्डेयले जनाउनुभयो । सूर्यविनायक–धुलिखेल सडक विस्तारका लागि बजेट माग भई आएको छ’ प्रक्रियामा रहेकाले एक÷दुई दिनभित्र उपलब्ध हुन्छ भन्नुभयो ।’

       दुई खण्डमध्ये एउटा खण्ड हो, सूर्यविनायक–साँगा । यो खण्डको दूरी ७ दशमलव ५ किमी छ । यस खण्डको ठेक्का आशिष–कुमार श्रेष्ठ–बन्धन भगवती जेभीले २४ पुस २०७९ मा लिएको हो । जसको ठेक्का रकम ३ अर्व ८८ करोड ९३ लाख रुपैयाँ रहेकामा प्रगति ४९ प्रतिशत छ । यस खण्डमा कालोपत्र भइनसकेको र दुई किमिमा कालोपत्र गर्ने तयारी हुँदै छ । अहिले सूर्यविनायकदेखि जगातीसम्म कालोपत्र गर्न लागिएको हो ।

       ’अबको १२÷१५ दिनभित्र यस खण्डमा कालोपत्रको काम सुरु हुन्छ,’ पाण्डेयले भन्नुभयो, ’साँगा खण्डमा १ किमि अन्जरपास बनिरहेको छ यसको काम ६० प्रतिशत सकिसकेको छ,’ प्रमुख महतोले भने, ’आउने बर्खाअधि नै अन्डरपासबाट सवारीसाधन आउजाउ गर्न पाउनेछन् ।’ म्याद गत २७ पुसमा सकिएसँगै २९ फागुन २०८३ सम्म थप गरिएको आयोजना प्रमुख महतोले जनाउनुभयो ।

       काम भइरहेको अको खण्ड हो, साँगा–धुलिखेल । यस खण्डको दूरी ८.३ किमि र निर्माण प्रगति ६८ प्रतिशत छ । साढे दुई किमि सडक कालोपत्र भइसकेको छ । ३ किमि ६ लेन सडक कालोपत्र भएको आयोजनाले जनाउको छ । यस खण्डको ठेक्का लामा कन्स्ट्रक्सनले २७ मंसिर २०७९ मा ४ मार्च ५ करोड ६४ लाख रुपैयाँमा लिएको हो । म्याद गत २७ मंसिरमा सकिसकेको र अहिले २३ मंसिर २०८३ सम्म थप गरिएको छ । अहिलेसम्म समग्र आयोजनाको निर्माण प्रगति ५७ प्रतिशत छ ।

       यस सडक खण्डमा पर्ने तीन बटा पुलको छुट्टै ठेक्का गरिएको छ । पुलको ठेक्का हिमपुत्र एन्ड बोकर रामजानकी जेभीले लिएका छन् । सडक निर्माण आधाभन्दा बढी सकिदाँ पुल निर्माणले भने अझै गति लिन सकेको छैन । तीन चटा पुलको एउटै प्याकेजमा ठेक्का गरिएको आयोजनाले जनायो ।

       दुई पुलको बल्ल निर्माण गर्ने सुरसार गरिदै छ । एउटा पुलको मात्र काम भइरहेको छ । ठेक्का डिजाइन एन्ड बिल्ड प्रविधिमा भएको हो । ६ चैत्र २०७१, मा गरिएको सम्झौताअनुसार ५ असोज २०८२ भित्र पुल निर्माण सकिसक्नुपर्ने हो । भ्याटसहित तीनवटा पुलको ठेक्का रकम ५७ करोड ५० लाख रुपैयाँ छ । सम्झौता अवधिमा काम नसकिएपछि अहिले ५ मंसिर २०८३ सम्म स्याद थप गरिएको छ । आयोजनाले जनाएको छ ।

       जगाती पुल भक्तपुर र पुण्यमाता तथा महादेव खोला पुल काभ्रेमा पर्छन् । महादेव खोला पुलमा काम भइरहेको र निर्माण प्रगति १२ प्रतिशत छ । पुण्यमाता र जगाती पुलको सुरुको डिजाइनमा पुनर्विचार गरेर बल्ल निर्माण पाल्न लागिएको आयोजनाले जनायो । अहिले निर्माण सामग्री झारेर काम सुरु गर्न लागिएको आयोजना प्रमुख महतोले जनाउनुभयो । महादेव खोलामा भने धमाधम काम भइरहेको छ ।

       आयोजनामा अर्को समस्या विद्युत्का पोल सार्नेको छ । सूर्यबिनायक–साँगा खण्डमा ६० वटा र साँगा–धुलिखेल खण्डमा ४० वटा पोल सार्न बाँकी छ, जसले गर्दा काममा ढिलाइ भइरहेको आयोजना प्रमुख महतोले बताउनुभयो । नेपाल विद्युत् प्राधिकरणमार्फत ठेक्का भएर पोल सार्ने काम गरिएको हो, एउटै व्यवसायीले असंख्या ठेक्का लिदाँ पोल सार्न ढिलाई भइरहेको जनाएको छ ।’ महतोका अनुसार चालु आर्थिक वर्षमा १ अर्ब बजेट उपलब्ध भए समग्र निर्माण कार्यमा तिब्रता भई प्रगति ७० प्रतिशतभन्दा बेसी हुने जनाउनुभयो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्