IMG-LOGO

ओली र लेखक पक्राउ बारे सर्वोच्चद्वारा कारण देखाउ आदेश

 मंगल, चैत १७, २०८२  --

             शनिबार पक्राउ परेका पूर्व प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न सरकारी वकिलको कार्यालयले माग गरेपछि काठमाण्डौं जिल्ला अदालतमा त्यसबारे बहस भइरहेको छ । अधिकारीहरूका अनुसार पूर्वगृहमन्त्री लेखकलाई प्रहरीले अदालतमा उपस्थित गराएको छ । स्वास्थ्यका कारण त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भर्चुअल माध्यमबाट अदालती प्रक्रियामा सामेल हुँदै छन् ।

             जिल्ला अदालत काठमाण्डौंका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भर्चुअल रूपमा उपस्थित गराउन अदालत प्रशासनले आफ्ना तर्फबाट सम्पूर्ण तयारी गरिसकेको छ । उनले अस्पतालबाटै ओलीलाई इजलासमा अनलाइन जोड्न लागिएको बताए । पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले अदालतमा उपस्थित गराएको छ र उनको पक्षमा बहस गर्न दर्जनौँ वकिलहरूले नाम टिपाएका छन् । सूचना अधिकारी श्रेष्ठका अनुसार अदालत परिसरभित्र कानुन व्यवसायीहरूको बाक्लो भिड छ । सरकारी वकिल कार्यालयले पूर्वप्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने माग अदालतसमक्ष गरेको छ । सुरुमा अदालतले पक्राउ पुर्जीलाई मान्यता दिने या नदिने निर्णय लिने छ । त्यसपछि मात्रै अनुसन्धानका लागि म्याद थप हुने वा नहुने भन्ने आदेश आउने उनले बताए । सर्वोच्च अदालतद्वारा केपी ओलीको गिरप्mतारीबारे पनि कारण देखाउ आदेश दिएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्