एउटा चर्चित रयापर बालेन साह रप्याप गाउँदै भन्थे (हामीलाई बोल्न दे सरकार तर उनी अहिले प्रधानमन्त्री भएका छन् । चारपटक प्रधानमन्त्री भएका केपी शर्मा ओली प्रहरी हिरासतमा पु¥याइएको छ । हामीले भदौ २३÷२४ को जेन–जीका नाममा भएको विद्रोह देख्यौं । त्यसपछि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार र त्यस सरकारले गराएको चुनाव पछि राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको झन्डै दुई तिहाईको जनमत । सबै घटना नेपालमा भएका हुन र सबैमा सहभागीता नेपाली जनताको थियो तर के यसमा बाहिरी ग्राण्ड डिजाइन थिएन ?
नेपाली जनता र नेताले यो सबै गरेका हुन त ? यो असम्भव छ । भारतको दिल्लीमा २०६२ मङ्सिरमा माओवादी र सातदलका नाममा जतिबेला १२ बुदे सहमति भयो त्यही बेला देखि भारतको चरम हस्तक्षेप र ठीक २० बर्ष पुग्दा अमेरिकी हस्तक्षेपमा मुलुक फसेको छ । यि सबै घटनाहरु त निमित्त हुन अर्थात पिउनलाई निमित्त तोकेर हाकिम बनाए जस्तै । हाकिम कहिले भारत भयो अहिले अमेरिका हो । एमसीसी भएर घुस्यो अब एसपिपीमा पुग्दैछ । त्यो भनेको अमेरिकी सुरक्षा वेसक्याम्प नेपालमा रहनु र चीनलाई घेर्न नीति तयारी गर्दैछ ।
‘शितयुद्दको समाप्तिपछि संसारभर देखिएको सत्य एउटै छ — जो नेता साँच्चै राष्ट्रका लागि उभिन्छ, उ बह्य शक्तिबाट मारिन्छ, काटिन्छ र अपहरित हुन्छ उदाहरण हाम्रो सामु छ (सद्दाम हुसेन, महम्मद गद्द्दापी आफ्नै देशमा मारिन्छन् माधुरोहरु आफ्नै देशबाट अपहरित हुन्छन् । जुन देशमा प्रचुर खानी छ वा अमेरिकालाई खतरा भएका मुलुकहरूमा अमेरिकी नीति छ – जाइलाग । त्यसको पछिल्लो परिणाम हो ईरान अमेरिकी युद्ध । अन्य देशको हकमा पनि शक्तिशाली स्वार्थहरू निमचारो देश विरुद्ध लाग्छन् । कमजोर मुलुकमा सार्वभौमसत्ताको कुरा गर्नु नै अपराध बन्छ — अहिले ओलीको आजको अवस्थाले यही देखाउँछ ।’ उनले चुच्चे नक्सा पास गराएका हुन् । उनको शासन कुशान थियो । उनी अहमकारी र दम्भी थिए तर उनी राजनीतिबाट आएका र इतिहास भएका नेता हुन् ।
उनले ओलीको राष्ट्रवादलाई जनताले बुझ्न जरुरी छ । अमेरिकाको सहयोगले उदाएका खाडी राष्ट्र कतार कुवेत बहराइन युएई हेरौं त्यहाँ अहिले शान्ति छैन । त्यसैले हामीलाई शान्ति दे सरकार । हिजो खोल्न खोजीएका फाइलबाट भ्रष्टाचारका फाइल खोल । प्रतिशोधका नाममा बदलाभाव नराखी काम गर सरकार ।
