फागुण २१ गते सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले काभ्रे जिल्लाको क्षेत्र नं. १ र २ मा नै विजयी हाँसिल गरेको छ । काभ्रे १ मा मधुकुमार चौलागाईले २९ हजार ६ सय १८ मत ल्याइ विजयी हुनुभयो भने क्षेत्र नं. २ मा बदनकुमार भण्डारीले ५३ हजार ३ सय ४४ मत ल्याइ विजयी हुनुभएको हो । दुवै क्षेत्रमा जीत हाँसिल गरेर रास्वपाले कम्यूनिष्ट किल्ला तोडिदिएको छ ।
रास्वपाका चौलागाईले प्रतिस्पर्धी नेपाली कांग्रेसका गुणराज मुक्तानलाई १० हजार ४ सय ५२ मतान्तरको फराकीलो अन्तरले २९ हजार ६ सय १८ मत प्राप्त गरी विजयी हुनुभएको हो । कांग्रेसका मुक्तानले १९ हजार १ सय ६६ मत प्राप्त गरी दोश्रो स्थान हाँसिल गर्नुभएको छ । त्यस्तै गरी नेपाली कम्यूनिष्ट पार्टी नेकपाका दिननाथ गौतमले १४ हजार १ सय ८४ मत प्राप्त गरी तेश्रो र नेकपा एमालेको उम्मेदवार अमित लामाले १३ हजार ८ सय १४ मत ल्याइ चौथो स्थान हाँसिल गर्नुभएको छ । उज्यालो नेपाल पार्टीका योगन्द्र लामाले ७ हजार ४ सय ३ मत प्राप्त गरी पाँचौ स्थान ओगट्नु भएको छ । उक्त क्षेत्रमा तत्कालीन माओवादी केन्द्रका सूर्यमान दोङ (लालध्वज)ले २०७९ सालमा ३४ हजार ४ सय १२ मत ल्याइ विजयी हुनुभएको थियो । एमालेका रेशम लामाले हार व्यहोर्नु भएको थियो । दोङले ३ हजार ९ सय ३४ मतान्तरले चुनाव जित्नुभएको थियो । यो पटक लाल किल्ला भत्तकाएर एमाले र नेपाल कम्यूनिष्ट पार्टीका उम्मेदवारलाई हराएर रास्वपाका मधुकुमार चौलागाइले १० हजार ४ सय ५२ मतान्तरले कांग्रेसका मुक्तानलाई समेत पछाडि पारी विजयी हाँसिल गर्नुभएको हो । त्यस्तै गरी प्रतिनिधि सभा सदस्य काभ्रे क्षेत्र नं. २ मा पनि रास्वपाका युवा नेता कोशीपारी भुम्लुका बदनकुमार भण्डारीले ५३ हजार ३ सय ४४ मत ल्याइ विजयी हुनुभएको छ । नेपाली कांग्रेसका उम्मेदवार मधु आचार्यलाई ३५ हजार ४ सय ७६ मतान्तरले पछाडिपारी भण्डारीले जीत हाँसिल गर्नुभएको हो । मधु आचार्यले १७ हजार ८ सय ६८ मत प्राप्त गरी दोश्रो, त्यस्तैगरी नेकपा एमालेबाट अशोक कुमार व्याञ्जुले १३ हजार ९ सय ४० मत ल्याइ तेश्रो र बसुन्धरा हुमागाईले ८ हजार १ सय ७ मत ल्याइ चौथो स्थान ओगटेका छन् । जोत्सना सैंजुले ३ हजार ७ सय ४९ मतल्याई पाँचौ स्थान रहनुभएको छ । यस अघिको निर्वाचन २०७९ मा एमालेका प्रभावसाली नेता गोकुल प्रसाद बाँस्कोटाले काभ्रे क्षेत्र नं. २ मा ४५ हजार ३ सय ४५ मत प्राप्त गरी कांग्रेसका शीवप्रसाद हुमागाईलाई ५ हजार ९ सय ६३ मतान्तरले पछिपारी बास्कोटा विजयी हुनुभएको थियो ।
यो चुनावमा रास्वपाले काभ्रेका १ र २ क्षेत्रमा नै आप्mनो वर्चश्व कायम गरी कम्यूनिस्ट किल्ल भत्काइदिएका छन् । काभ्रे क्षेत्र नं. १ मा १,६१,१०० र क्षेत्र नं. २ मा १,६५,५११ गरी ३,२६,६११ कुल मतदाता रहेका छन् । काभे्र क्षेत्र नं. १ मा ९१,१२८ मत खसेको प्रतिशतमा ५६ दशमलव ५७ प्रतिशत हो । त्यस्तै गरी क्षेत्र नं. २ मा १ लाख ६ हजार २ सय १३ मत खसेको थियो । प्रतिशतमा ६४ प्रतिशत १७ हो । दुवै क्षेत्रमा काभ्रे जिल्लामा ६० दशमलव ४२ प्रतिशत मतदाताले मतदान गरेका छन् ।
