२०८४ मा आउनुपर्ने चुनाव जेन्जी विद्रोहले पर्सी फागुन २१ मा हुँदैछ । उम्मेदवारहरुले प्रचारप्रसार सकाएका छन् । हिजो देखि मौन अवधि सुरु भएको छ । जनता भोट हाल्न आप्mनो निर्वाचन क्षेत्रमा जानेक्रम एक साता देखि चलिरहेको छ । सरकारले निर्वाचनको लागि ३ दिनको बिदा दिएको छ । एक्कै दिन एक चरणमा हुने निर्वाचनमा मतदान सम्पन्न नभएसम्म फागुन २१ गते सवारी चलाउन निशेध गरिएको छ ।
काभ्रे जिल्लामा दुई निर्वाचन क्षेत्र छन् । १३ स्थानीय निकाय छन् । कुल मतदाता ३,२६,६११ रहेको काभ्रेमा ४०० मतदान केन्द्र रहेका छन् । २४०० कर्मचारी फागुण १८ गते देखि निर्वाचन केन्द्रमा गइसकेका छन् । सेना, सशस्त्र प्रहरी खटी सकेका छन् । जनपद प्रहरी १,११९ निर्वाचन प्रहरी २०९० प्रहरीले निर्वाचनमा सुरक्षा दिनेछन् । भयरहित र शान्तिपूर्ण तरिकाले निर्वाचन सम्पन्न गर्न सबै दल र उम्मेदवारहरुको एउटै मत रहेको छ । निर्वाचनको लागि जिल्ला निर्वाचन समितिले पर्यवेक्षकहरुलाई र पर्यवेक्षण गर्न पास उपलब्ध गराउने भएको छ ।
मौन अवधि शुरूवात संगै निर्वाचनको मौन अवधिमा (मतदान हुनुभन्दा ४८ घण्टा अगाडिदेखि) निर्वाचन प्रचारप्रसारका कुनै पनि क्रियाकलाप गर्न पाइँदैन । यो अवधिमा उम्मेदवार र दलहरूले भोट माग्न ¥याली गर्न भित्तेलेखन सामाजिक सञ्जालबाट प्रचार र मत सर्वेक्षण गर्न पूर्णतया रोक लगाइएको छ ।
मौन अवधिमा गर्न नहुने कामहरू ः
प्रचार निषेध ः कुनै पनि राजनीतिक दल, उम्मेदवार, कार्यकर्ता वा समर्थकले भोट माग्न ¥याली निकाल्न जुलुस वा आमसभा गर्न पाइँदैन ।
सञ्चार माध्यममा रोकस् रेडियो, टिभी, अनलाइन, छापा वा सामाजिक सञ्जाल ९ँबअभदययप, त्धष्ततभच, त्ष्पत्यप आदि० बाट कुनै पनि किसिमको चुनावी प्रचार सामग्री (पोष्ट विज्ञापन सन्देश) प्रकाशित वा प्रसारित गर्न पाइँदैन ।
पोशाक र चिन्ह ः निर्वाचन चिन्ह वा दलको झण्डा अंकित पोशाक टोपी ब्याच लगाउन मनाही छ ।
भोज भतेर र रकम वितरण ः मत प्रभावित पार्ने गरी भोज भतेर आयोजना गर्न वा पैसा र उपहार वितरण गर्न पूर्ण रूपमा प्रतिबन्ध छ ।
वातावरण शान्त ः चुनावी बहस अन्तरक्रिया वा अन्तर्वार्ताहरू गर्न पाइँदैन ।
मौन अवधिमा गर्नुपर्ने काम ः
शान्ति सुरक्षा कायम ः उम्मेदवार, राजनीतिक दल र कार्यकर्ताहरूले निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालन गरी शान्त वातावरण कायम गर्नुपर्छ ।
मतदाता शिक्षा ः मतदाताहरूले कसरी र कहाँ मतदान गर्ने भन्ने कुराको जानकारी लिन र दिन पाइन्छ ।
आयोगको निर्देशन ः निर्वाचन आयोगका निर्देशन र नियमहरूको पालना गर्नुपर्छ । मौन अवधिमा आचारसंहिता उल्लंघन भएमा उम्मेदवारको उम्मेदवारी रद्द हुनुका साथै कानुन बमोजिम जरिवाना र सजाय हुन सक्छ ।
निर्वाचन आचार संहिता, २०७२
प्रचार प्रसारमा संलग्न व्यक्ति सम्झनुपर्छ र सो शब्दले उम्मेदवारको निर्वाचन प्रतिनिधि वा राजनीतिक दल वा सोको भ्रातृ संगठनको सदस्य वा कार्यकर्तालाई समेत जनाउँछ ।
