IMG-LOGO

काभ्रेमा कति मत ल्याउनेले चुनाव जित्छ ? क्षेत्र नं. १ मा १,६१,१०० र क्षेत्र २ मा १,६५,५११ मतदाता

 मंगल, फागुन १२, २०८२       रमेशप्रसाद न्यौपाने

 

    काभ्रे जिल्लाको दुवै क्षेत्रमा काँग्रेस, एमाले नेकपा र रास्वपाका उम्मेरदावार जोडतोडले चुनाव प्रचारमा छन् । अहिले सम्म यही उम्मेरदवार अगाडि छ भन्न सकिने अवस्था छैन किनभने मतदाता खुलेर बोलेका छैनन् । पहिले भन्दा मतदाता बाठा भएका छन् । संगठनका हिसावले नेपाली कांग्रेस र एमाले बलिया देखिए तापनि ती पार्टी भित्र आन्तरिक किचलो हुँदा मतदाता खुल्न नसकेको तथ्य हामीले स्थलगत अध्ययनबाट विश्लेषण गरेका हौँ । काभ्रेको क्षेत्र नं. १ मा पुरुष ८३ हजार ७ सय ७३ र महिला ७७ हजार ३ सय २६ गरी १,६१,१०० मतदाता रहेका छन् । त्यसैगरी काभ्रे क्षेत्र नं. २ मा पुरुष ८३ हजार ७ सय २६ र महिला ८१ हजार ७ सय ८४ गरी १,६५,५११ मतदाता रहेका छन् । दुवै क्षेत्र गरी २०८२ फागुण २१ गते मतदान गर्न पाउने काभ्रेका कुलमतदाता संख्या ३,२६,६११ रहेको जिल्ला निर्वाचन कार्यालय काभ्रे धुलिखेलको निर्वाचन अधिकारी दिनेश सिवाकोटीले जानकारी दिनुभयो ।

     प्रतिनिधिसभा काभ्रे क्षेत्र नं. २ मा एमालेबाट अशोक व्याञ्जु, कांग्रेसका मधु आचार्य, नेपाली कम्यूनिस्ट पार्टीबाट बसुधरा हुमागाई, रास्वपाबाट बदन भण्डारीसँग प्रतिस्पर्धा हुनेछ । उनीहरु लगायत २४ जना उम्मेदवार चुनावी मैदानमा छन् । प्रतिनिधिसभा सदस्य काभ्रे निर्वाचन–२०८२ मा क्षेत्र नं १ मा राजनितिक दलका र स्वतन्त्र नयाँ उम्मेदबारबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ । यो क्षेत्रमा १५ दल र तीन स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । उक्त निर्वाचन क्षेत्रमा विशेषगरी ठूला दल नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवारबीच रोचक प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । उक्त क्षेत्रमा एमालेका अमित लामा, कांग्रेसका गुणराज मोक्तान, रास्वपाबाट मधुकुमार चौलागाईं र नेकपाका दिननाथ गौतमले उम्मेदवारी दिनुभएको जिल्लास्थित प्रतिनिधिसभा सदस्य काभ्रे क्षेत्र नं. १ को मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।

     उक्त क्षेत्रमा गत प्रतिनिधिसभा निर्वाचन–२०७९ मा तत्कालीन माओवादी केन्द्रका सूर्यमान दोङ ३४ हजार ४१२ मत प्राप्त गरी विजयी हुनुभएको थियो । निकटतम प्रतिद्वन्दी एमाले काभ्रेका सह–इन्चार्ज समेत रहेका रेशमलामालाई ३ हजार ९ सय ३४ मतले पछि पारेका थिए । एमालेका उम्मेदवार लामा पार्टीका केन्द्रीय सदस्य हुन् भने कांग्रेसका उम्मेदवार मोक्तान पार्टीको जिल्ला सचिव हुन् । यस्तै रास्वपाका चौलागाइँ कानुन व्यवसायी तथा नेकपाका उम्मेदवार गौतम चौंँरीदेउराली गाउँपालिकाको पूर्व अध्यक्ष हुन् । ठूला दलका यी उम्मेदवार पनि प्रतिनिधिसभा निर्वाचनका लागि नयाँ अनुहार हुन् । यस क्षेत्रमा ‘अन्य’ समूहबाट एकजना प्रतिस्पर्धामा उत्रिएका छन् । गत प्रतिनिधिसभा निर्वाचन–२०७९ मा यहाँको क्षेत्र नं १ मा समानुपातिकतर्फ एमालेले २४ हजार ७९, कांग्रेस २१ हजार ७५५, तत्कालीन माओवादी केन्द्र १७ हजार ३३५, रास्वपा नौ हजार ७९४, राप्रपा दुई हजार ४२९ र तत्कालीन एकीकृत समाजवादीले एक हजार ९५५ मत प्राप्त गरेका थिए ।

     काभ्रे प्रतिनिधिसभा क्षेत्र नं. २ मा कडा प्रतिस्पर्धा हुने भएको छ । कांग्रेसका मधु आचार्य कुशल वैचारिक नेतृत्व खरिएको नेता, एमालेका अशोक व्याञ्जु केन्द्रीय सदस्य, नेपाल नगरपालिका संघको अध्यक्ष र धुलिखेल नगरपालिकाको नगर प्रमुख समेत भइ कार्य गरेको व्यक्तित्व हुनुहुन्छ । नेपाली कम्यूनिस्ट पार्टीको तर्पmबाट बसुन्धरा हुमागाई बागमती प्रदेशको कृषि मन्त्री भइ कार्य गर्नु भएको छ भने रास्वपाका युवा नेता बदन भण्डारी लगायत २४ जना चुनावी मैदानमा छन् । कांग्रेस एमालेका आन्तरिक किचलोको फाइदा रास्वपाले लिन्छ भन्ने एक थरी मानिसहरुले चर्चा पनि गर्न थालेका छन् । आ–आप्mना नेताले जित्ने दावी गर्दै चिया चौतारीमा कार्यकर्ता गफ गर्दै समय विताउँछन् । कस्ले मार्ला बाजी त्यो भने हेर्न बाँकी छ ।

     आसन्न निर्वाचनमा काभेको दुई निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएका ४२ उम्मेदवारकै उम्मेदवारी कायम भएको छ । क्षेत्र नं १ मा १८ र क्षेत्र नं २ मा २४ ले उम्मेदवारी दर्ता गरेका हुन् । यसपटक पनि दलित उम्मेदवार निर्वाचनको प्रतिस्पर्धामा छैनन् । यस्तै जनजाति तर्फबाट २५ जना उम्मेदवारी परेको जनाइएको छ । यस्तै निर्वाचन क्षेत्र नं २ मा भने १६ दल, आठ स्वतन्त्र गरी २४ जनाको उम्मेदवारी दर्ता भएको छ ।

     प्रतिनिधि सभा काभ्रे क्षेत्र नं. १ र २ मा ४२ जनाले गत माघ ६ गते उम्मेदवारी दर्ता गरेका छन् । ४२ मध्ये एक अन्य, ३ महिला र ११ जना स्वतन्त्र छन् । २५ जना जनजाती तर्फका उम्मेदवार छन् भने दलित तर्फका उम्मेदवार छैनन् । आगामी फागुन २१ गतेको निर्वाचनमा ४२ उम्मेदवारले प्रतिस्पर्धा गर्ने भएका छन् । निर्वाचन क्षेत्र नम्वर १ मा १५ दल र ३ स्वतन्त्र ३ गरी १८ जना प्रतिस्पर्धामा छन् भने निर्वाचन क्षेत्र नम्वर २ मा १६ दल, ८ स्वतन्त्र गरी २४ जनाको उम्मेदवारी दर्ता भएको छ । जसमध्ये क्षेत्र नम्वर २ मा दुईवटा दल र एक जना स्वतन्त्र गरी ३ जना महिला उम्मेदवार प्रतिस्पर्धामा छन् ।

    क्षेत्र नम्बर १ मा अन्य समुहबाट एक जना प्रतिस्पर्धामा छन् । काभ्रेपलाञ्चोक जिल्लाबाट २ जना अन्य मतदाता सूचीमा छन् । जिल्ला निर्वाचन अधिकारी दिनेश शिवाकोटीका अनुसार स्वतन्त्र उम्मेदवार ११ जना छन् । यो पटक पनि दलित उम्मेदवार प्रतिस्पर्धामा छैनन । जनजाती तर्फबाट २५ जना उम्मेदवार छन् । निर्वाचन क्षेत्र नम्वर १ मा नेकपा एमालेबाट अमित लामा, नेपाली काँग्रेसबाट गुणराज मोक्तान, नेपाली कम्युनिष्ट पार्टीबाट दिनानाथ गौतम, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मधुकुमार चौलागाईले उम्मेदवारी दिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नवराज सत्याल, उज्यालो नेपाल पार्टीबाट योगेन्द्र लामा, नेमकिपाबाट राजु तामाङ, नेशनल रिपब्लिक नेपालका तर्फबाट भरत तामाङले उम्मेदवारी दर्ता गराएका छन् ।

    त्यस्तै मंगोलनेशनल अर्गनाईजेशनका तर्फबाट कमलबहादुर लामा, समाबेसी समाजबादी पार्टीबाट विनोद लामा (अन्य) ले उम्मेदवारी दर्ता गराएका छन् । जसपा जनता समाजवादी पार्टी नेपालबाट मानबहादुर तामाङ, श्रम संस्कृति पार्टीबाट धिराज लामा, नेकपा माओवादी विप्लव समुहबाट कान्छा तामाङको उम्मेदवारी दर्ता भएको छ । प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट ज्ञानेन्द्रकुमार श्रेष्ठ, संयुक्त नागरिक पार्टीबाट रत्न लामाले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै राजेश श्रेष्ठ, युवराज चौलागई, जीवन लामाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

     निर्वाचन क्षेत्र नम्वर २ मा नेकपा एमालेबाट अशोक ब्याञ्जु, नेपाली काँग्रेसबाट मधु आचार्य, नेपाली कम्युनिष्ट पार्टीबाट बसुन्धरा हुमागाई, राष्ट्रिय स्वतन्त्र पार्टीबाट बदन भण्डारीले उम्मेदवारी दिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रञ्जिव श्रेष्ठ, उज्यालो नेपाल पार्टीबाट ज्योत्सना सैंजु, नेमकिपाबाट मुना तामाङ, नेपाल कम्युनिष्ट पार्टी संयुक्तबाट राजन थापा, नेशनल रिपब्लिक नेपालका तर्फबाट सुकमान तामाङले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै राष्ट्रिय जनमोर्चाबाट सूर्वणविक्रम थापा, मितेरी पार्टी नेपालबाट हरिबहादुर थापा, मंगोल नेशनल अर्गनाईजेशनका तर्फबाट उमेश तामाङले उम्मेदवारी दर्ता गराएका छन् । जनता समाजवादी पार्टीबाट रकम लामा तामाङ, श्रम संस्कृति पार्टीबाट टंकबहादुर लामाको उम्मेदवारी दर्ता भएको छ । प्रगतिशिल लोकतान्तित्रक पार्टीबाट रमेशबहादुर घर्ति क्षेत्री, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट कान्छाराम घिसिङले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै आशा तामाङ, उमेश थापा, केशवराज तिमल्सिना, गणेशप्रसाद अधिकारी, डिल्लीप्रसाद न्यौपाने, लेनिन विष्ट, विष्णुकुमार श्रेष्ठ, सीताराम मैनालीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

     गत २०७९ को निर्वाचनमा काभ्रेमा ६० दशमलम ४५ प्रतिशत मत खसेको थियो । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ फागुण २१ गते हुने निर्वाचनमा ६१ प्रतिशत मत खसेको खण्डमा काभ्रे क्षेत्र नं. १ को कुलमत दाता संख्या १,६१,१०० मा ९८,२७१ मत खस्ने अनुमान गर्न सकिन्छ । त्यसै गरी काभ्रे क्षेत्र नं. २ मा कुलमतदाता १,६५,५११ मा ६१ प्रतिशत मत खस्दा १ लाख ९ हजार ६१ हुनेछ । काभ्रे क्षेत्र नं. १ मा एमाले, कांग्रेस, नेपाली कम्यूनिस्ट पार्टी, रास्वपाका उम्मेदवार बीच रोचक प्रतिस्पर्धा भएको खण्डमा २५ हजार ५ सय माथि मत ल्याउने उम्मेदवारले विजयी हुने अनुमान गर्न सकिन्छ । चारपक्षीय प्रतिस्पर्धा हुँदा १ हजार ५ सय देखि २ हजारको मतान्तरले जीत हार हुने अनुमान गर्न सकिन्छ । त्यस्तैगरी काभ्रे क्षेत्र नं. २ मा एमाले, कांग्रेस, नेपाली कम्यूनिस्ट पार्टी र रास्वपा चारपक्षीय बीच रोचक प्रतिस्पर्धा हुँदा २५ देखि २६ हजार माथि मत ल्याउने उम्मेदवारले चुनाव जीत्ने अंकलन गर्न सकिन्छ । रोचक प्रतिस्पर्धा हुँदा २ हजार देखि ३ हजारको मतान्तरको फरकमा चुनाव हारजीत हुने अनुमान गर्न सकिन्छ । अन्य राजनीतिक दलले मत बढाएको सन्दर्भमा भने झिनो मतान्तरले चुनाव हारजीत हुने अनुमान गर्न सकिन्छ । यस अघि २०७९ को निर्वाचनमा गोकुल बाँस्कोटाले ४५,३४५ र प्रतिस्पर्धी कांग्रेसका शिव हुमागाईलाई ३९,४८२ मत प्राप्त गर्नुभएको थियो । ५ हजार ८ सय ६३ मत बेसी ल्याई गोकुल बाँस्कोटाले चुनाव जीत्नुभएको थियो । एमाले जन भने उक्त क्षेत्र एमालेले जीतेको कारण काभ्रे २ मा अशोक व्याञ्जुले चुनाव जीत्ने तर्क गर्दछन् । एमालेका अशोक व्याञ्जु, कांग्रेसका मधु आचार्य, नेपाली कम्यूनिस्ट पार्टीका उम्मेदवार बसुन्धरा हुमागाई र रास्वपाका बदन भण्डारी बीच हुने चार पक्षीय प्रतिपर्धामा तर कस्ले बाजी मार्ला त्यो भने हेर्न बाँकी छ । काभ्रेको दुई निर्वाचन क्षेत्रमा कुल ४०० मतदान केन्द्र र १८९ मतदान स्थल कायम गरिएको छ । ४ सय मतदान ३ मतदान केन्द्रमा महिला कर्मचारीले मात्रै निर्वाचन सम्पन्न गर्ने जिम्मा पाएको निर्वाचन कार्यालय काभ्रेले जनाएको छ । निर्वाचनमा २४०० कर्मचारी खटाएको छ ।

     चुनाव शान्तिपूर्ण भय रहित हुनु पर्छ । मतदानमा सबै सहभागी हुनुपर्छ । कथमकदाचित चुनाव धाँधली भएको खण्डमा त्यो मतदान केन्द्र को चुनाव रद्द हुनुपर्छ । सबैले चुनावलाई महत्व दिँदै असल उम्मेद्वारलाई चुन्नु आप्mनो क्षेत्र र देशको पक्षमा हित हुनेछ ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्