गत जेठ ३ गते शनिबार घुलिखेल नगरपालिका ७ सञ्जिवनी चोक स्थित जिल्ला प्रशासन कार्यालय काभ्रेको अगाडि मेन लाइन जोड्ने क्रममा एक युवकको ज्यान गएको छ । सर्लाही जिल्ला ईश्वरपुर १२ घारीबथानको सुखीपुरमा जन्मिएका २६ वर्षीय उज्वल भन्ने उमेश परियारको बिजुलीको मेन लाइन ११ किलो भोल्ट हाइटेन्सन लाइनको विजुलीको पोलमा चढेर तार जोड्ने क्रममा एक्कासी करेन्ट प्रवाह भए पछि दिनको साढे ११ बज करेन्ट प्रवाह हुँदा जलेर मृत्यु भएको थियो । काम गरिरहेका बेला करेन्ट प्रवाह कसरी भयो ? एउटा मजदुर यसरी मारिदा मृतकका परिवार शोकाकुल त हुने नै भए कमाउने एउटै छोरा मारिदा परिवारमा बिचल्ली भएको छ । घरमा उनका बुवा केशव परिवार आँखा देख्दैनन् । आमा बिष्णुमाया परिवार छोरा मरेको खबरपछि होसमा आउन सकेकी छैनन् । मृतकका एक श्रीमती र दुई सन्तान छन् ।
यो घटना विद्युत प्राधिकरणको चरम लापरबाहीले भएको हो । जिल्ला प्रहरी कार्यलय काभ्रेका सूचना अधिकारी डिएसपी मीन बहादुर घलेका अनुसार नयाँ लाइनमा शनिवार विद्युत चार्ज गर्ने तयारी थियो । तर काम भइरहेको समयमा विद्युत प्राधिकरण काभ्रे वितरण केन्द्रले लाइन छोड्दा यो दुःखद घटना घटेका बताए । प्राधिकरणलको लापरबाहीका कारण यस्ता घटनाबाट बर्सेनि धेरैको ज्यान जाने गरेको छ । यस अघि २०७८ साल कार्तिक २४ गते पनौती–३ का २१ वर्षीय लेखनाथ (शुसील) घिमिरे पनौती वडा नं. २ मा लाइन विस्तारको क्रममा ११ किलो भोल्ट हाइटेन्सन लाईनेका विजुलीको पोलमा तार जोड्ने क्रममा आकस्मिक करेन्ट प्रवाह हुँदा ज्यान गएको थियो ।
प्राविधिक काम गर्दा यस्ता घटना कसरी घट्छन् भन्ने सन्दर्भमा नेपाल विद्युत प्राधिकरण काभ्रे वितरण केन्द्रका प्रमुख अमृतबाबु अधिकारीसँग जिज्ञासा राख्दा उनको यस्तो प्रतिक्रिया रहयो ः नयाँ लाईन विस्तारका क्रममा जुन घटना घटेर २६ वर्षीय उमेशको मृत्यु भयो यो दुःखद हो । सुदिया निर्माण सेवाको ठेकदार कम्पनी छ उनीहरुको कमजोरी छ । काम गर्न पठाउँदा उक्त कार्यगर्ने विद्युत लाइनेको के कस्तो अवस्था छ बुझबुझारत गरी गर्नुपर्नेमा नगरेकोले यस्तो घटना घटेको बताए ।
मृतक परिवारलाई रोजगारी र १५ लाख सहयोग
गत जेठ ३ गते विद्युतको मेन लाइन जोड्ने क्रममा आस्मिक रुपमा लाइन प्रर्वाह हुँदा करेन्ट प्रवह भइ ज्यान गुमाएका उमेशको परिवारलाई १५ लाख आर्थिक सहयोग र पायक पर्ने स्थानमा रोजगारी दिने सहमती भएको छ । पिडीत परिवार, जनप्रतिनिधि र नेपाल विद्युत प्राधिकरण काभ्रे वितरण केन्द्र, सुदिया निर्माण कम्पनीका सञ्चालक दिपकप्रसाद धितालबाट ७ दिन भित्र आर्थिक सहयोग उपलब्ध गराउने, विमाबाट ५ लाख, पहलगरी अधिकतम १० लाख सम्म पिडीत परिवारलाई उपलब्ध गराउने सहमत आइतबार गरेसँग मृतककी श्रीमती रस्मीला परियार परियार समाजका अध्यक्ष नारायण परिश्रमी परियार बीच सहमती पत्रमा हस्ताक्षर भएपछि मृतकका आफन्तले शव बुझी दाह संस्कार गर्न लागेको कुरा जिल्ला प्रहरी कार्यालय धुलिखेल काभ्रेका प्रहरी उपरीक्षक नायक सूचना अधिकारी मिनवहादुर घलेले जानकारी दिए । संघीय सांसद सूयमान दोङ, धुलिखेल वडा नं. ८ का अध्यक्ष विनोद गौतमको रोवरमा हस्ताक्षर गरी सहमती गरिएको थियो ।
३ वर्षमा ८ जनाले ज्यान गुमाए
जिल्ला प्रहरी कार्यालय धुलिखेल काभ्रेका अनुसार विगत ३ वर्ष देखि विद्युतबाट करेन्ट लागी ८ जनाले ज्यान गुमाएको जनाएको छ । ०७९÷०८० मा चौरीदेउराली वडा नं. १ का ५७ वर्षीय धनबहादुर तामाङ, बेथानचोक गाउँपालिका–४ का ६५ वर्षीय हिराकुमारी खत्री, आ.व. ०८०÷०८१ मा पाँचखाल–१०, ढुङ्गेटार बस्ने ५५ वर्षीय काइला तामाङ, मोरङ्ग जिल्ला विराटनगर महानगर–१२ का काभ्रे बस्ने ३० वर्षीय नविनकुमार शाह, आ.व. ०८१÷०८२ मा पाँचखाल–११ का २६ वर्षीय अरुण परियार, कालिकोट सन्नीत्रिवेणी–५ का पाँचखाल–६ बस्ने २२ वर्षीय सरस्वती तिरुवा, सप्तरी कृष्ण सरोवरका पनौती–५ बस्दै आएका १९ वर्षीय सविन चौधरी, त्यस्तै गरी सर्लाही इस्वरपुर–१२ का २६ वर्षीय उज्वल भनिने उमेश परियारको करेन्ट लागि ज्यान गुमाएको प्रहरीले जनाएको छ ।
