“काभ्रेका लागि केहि गरौं” भन्ने मुल उद्देश्य लिइ गठन भएको काभ्रे सेवा समाजले पनौतीदेखि नमोबुद्ध सम्म हिजो शान्ति पदयात्रा सम्पन्न गरेको छ । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले बुद्धले टेकेको भूमि पनौतीमा एक समारोहका बीच उद्भघाटन गर्नुभएको हो ।
पुर्व राष्ट्रपति डा.रामवरण यादवले सम्बोदनको क्रममा बोल्दै गौतम बुद्धका सन्देश हरेक ब्यक्तिका लागि जीवनोपयोगी भएको बताउनुभएको छ । बुद्ध जयन्तीको अवसर पारेर पनौती–नमोवुद्धसम्म आयोजना गरिएको शान्ति पदयात्राको सोमबार पनौतिमा शुभारम्भ गर्दै उहाँले बुद्धका सन्देशहरुलाई अक्षरस गर्न पालना अनुरोध गर्दै बिश्व शान्तिको कामना गर्नुभयो । पनौती नगर प्रमुख रामशरण भण्डारीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रम आयोजक संस्था काभ्रे सेवा समाजका अध्यक्ष पुरुषोत्तम नेपालको सभापतित्वमा सम्पन्न भयो । काभ्रेको लागि केही गरौं, पर्यटन प्रवद्र्धनका लागि पदयात्रा भन्ने मुल नाराका साथ काभ्रे सेवा समाजको आयोजनामा उक्त शान्ति पदयात्रा कार्यक्रम भएको हो । पदयात्रामा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्यद्वय शिब प्रसाद हुमाँगाई, मधु प्रसाद आचार्य, प्रदेश सांसद तिर्थ लामा, लोक सेवा आयोगका पूर्व अध्यक्ष उमेशप्रसाद मैनाली, पूर्व आइजीपी अच्यूद कृष्ण खरेल जिल्ला समन्वय प्रमुख दिपक गौतम, नेपाल पत्रकार महासंघ काभ्रे अध्यक्ष विनोद न्यौपाने, पनौती पर्यटन बिकास केन्द्रका अध्यक्ष पुरुषोत्तम कर्माचार्य, काभ्रे सेवा समाजका सदस्यहरु, नागरिक समाज, समाजसेवी, विभिन्न सघंसंस्थाका प्रतिनिधि, पत्रकार एवं स्थानीयहरुको सहभागीता रहेको थियो । विश्वभर शान्ति र सद्भावको सन्देश फैल्याउदै आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन गर्ने तथा स्थानीय कला, संस्कृतिको सम्वद्र्धन गर्ने उद्देश्य सहित शान्ति पदयात्रा सफलता पुर्वक सम्पन्न भएको समाजका अध्यक्ष पुरुषोत्तम नेपालले जानकारी दिनुभयो । यस्ता कार्यक्रमले विश्वमा शान्ति र सद्भावको सन्देश फैल्याउनुका साथै स्थानीय कला, संस्कृतिको प्रवद्र्धनमा सहयोग गर्नुका साथै आन्तरिक र वाह्य पर्यटन प्रवद्र्धनका लागि पनि महत्वपुर्ण योगदान गर्ने अपेक्षा समाजले गरेको छ ।
