पूर्व राष्ट्रपति डा. रामवरण यादवले प्राकृतिक सम्पदा र सम्पत्तिको रक्षा गर्नु हामी सबैको कर्तव्य भएको बताउनुभएको छ । काभ्रेबाट प्रत्येक सोमबार प्रकाशित हुँदै आएको नवक्षितिज साप्ताहिकको रजत जयन्ती समारोहको सोमबार धुलिखेलमा उद्घाटन गर्दै यादवले प्राकृतिक दोहन रोक्न र संरक्षण गर्न सबैले ध्यान पुर्याउनु पर्नेमा जोड दिनुभयो । सत्य र तथ्यमा आधारित भएर पत्रकारिता गर्न सुझाव दिदै उहाँले डिजिटल युगमा युवाहरुले गर्ने पत्रकारिता झनै सशक्त र मर्यादित हुनुपर्ने उल्लेख गर्नुभयो । देशको हितका लागि प्राण आहुती गर्ने सम्पुर्ण शहिदहरुको बारेमा डकुमेन्ट्री बनेमा पछिल्लो पुस्ताले समेत अध्ययन गर्नसक्ने भएकोले २००७ साल देखि हालसम्मका सहिदहरुको अध्ययन गर्न उहाँले आग्रह गर्नुभयो । पत्रकारिता समाजको ऐना भएकाले सञ्चार माध्यमले तथ्यका आधारमा सत्य र निश्पच्छ भइ ग्रामिण दुरदराजका समस्याहरुलाई उजगार गरी राज्यपक्षलाई झक झकाउनु पर्ने तर्क गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले गर्नुभयो । २०७२ मा नयाँ संविधान जारी सँगै विकास र समृद्धिको यात्राको गति वढेको, दलित, जनजाति, अल्पसंख्या गरी २५ हजार भन्दा बढीले सरकारी सेवामा रोजगारीको अवसर प्राप्त गरेको कुरा पूर्व राष्ट्रपति यादवले गर्नुभयो । कार्यक्रममा काङ्ग्रेस केन्द्रिय सदस्य शिव प्रसाद हुमाँगाई, बागमती प्रदेश सांसद रत्न ढकाल, लक्ष्मण लम्साल, जिल्ला समन्वय समिति काभ्रे प्रमुख दिपक गौतम, प्रमुख जिल्ला अधिकारि उमेश कुमार ढकाल, पत्रकार महासघं काभ्रे अध्यक्ष बिनोद कुमार न्यौपाने, राजनीतिक दलका प्रमुख÷ प्रतिनिधि, जनप्रतिनिधिहरु, पत्रकारहरु, समाजसेवीहरुको उपस्थिति रहेको थियो । उक्त अवसरमा नवक्षितिज साप्ताहिकको स्मारिका एवं प्रल्हाद दाहालद्वारा लिखित अनुभुतिको संगालो पुस्तक बिमोचन गरियो ।
सञ्चारकर्मी, गौतम, राउट र समाजसेवी सिग्देल सम्मानित
साप्ताहिकका प्रधान सम्पादक नवराज बजगाईको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा निरन्तर पत्रकारिता गरे बापत नगद २५,०००÷– सहित अरबिन्द्र गौतम र राजनीति÷ समाजसेवामा सक्रिय भए बापत रबिन्द्र सिग्देल र खड्ग बहादुर राउतलाई सम्मान गरिएको थियो । कार्यक्रमको सन्चालन गायक रामहरि न्यौपाने एवं गायिका सरु गौतमले गर्नुभएको थियो ।
