IMG-LOGO

प्रथम पनौती साँस्कृतिक महोत्सव जारी

 बुध, चैत २६, २०८१  --

    प्रथम पनौती साँस्कृतिक तथा व्यापार महोत्सव पनौतीमा जारी रहेकोे छ । बिहीबार पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले उद्घाटन गर्नुभएको महोत्सव २०८२ बैशाख ३ गते बुधबार सम्म सञ्चालन हुनेछ । उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख भण्डारीले पनौतीलाई थप नयाँ चिनारी दिन महोत्सव सफल हुनेमा आशावादी रहेको बताउनुभयो । राष्ट्रिय लोक साँस्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष नवराज ढुंगानाको सभापतित्वमा सम्पन्न कार्यक्रममा पनौती नगरपालिका उपप्रमुख गीता बन्जारा, पनौती उद्योग वाणिज्य संघका अध्यक्ष भोला थापा, पनौती नगरपालिका वडा ७ का अध्यक्ष सबिन ताम्राकार, व्यवसायि, कलाकार, पत्रकार एवं स्थानीयबासीहरुको उपस्थिति रहेको थियो । राष्ट्रिय लोक साँस्कृतिक प्रतिष्ठान नेपालको आयोजना, पनौती उद्योग वाणिज्य संघको सहकार्य, पनौती वडा नं ७ को समन्वयमा आयोजना गरिएको महोत्सवको व्यवस्थापक संयुक्त नेपाल मेला महोत्सव ग्रुप प्रालि रहेको छ । देश बिदेशमा ख्यातिप्राप्त कलाकार हरुले दैनिक रूपमा आफ्नो प्रस्तुतिहरु दिईरहेका छन् । महोत्सवमा ब्यापारिक स्टल, खाजा खानाका स्टल देखि बाल उधानहरु समेत रहेका छन् । यसैबिच आज मंगलबार चर्चित कलाकारहरु प्रिति आले, विश्वराम कार्की, सन्तोष ताम्राकार लगायत अन्य स्थानिय कलाकारहरुले मनोरञ्जन प्रदान गर्नेछन् ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्