IMG-LOGO

सकियो विश्व युवा महोत्सव २०२५

 बुध, चैत १९, २०८१  रमेशप्रसाद न्यौपाने

               जिल्ला समन्वय समि ति काभ्रेको आयोजनामा भएको विश्व युवा महोत्सव २०२५ को विहिबार समापन भएको छ । विश्वका ५१ देशका २ सय ५० युवा र देशभरीका ४ सय गरी ६ सय ५० युवा वर्गले सहभागीता रहेको उक्त अन्तराष्ट्रिय स्तरको विश्व युवा महोत्सवको उद्घाटन र समापन दुवै समन्वय प्रमुख दिपकप्रसाद गौतमले गर्नुभएको थियो । उप–प्रमुख रिमबहादुर तामाङले स्वागत गर्नुभएको महोत्सवमा ग्लोवल हेल्थ, मेडिकल एडभेन्समेन्ट, मेन्टल हेल्थ, वर्कसप, मुभी स्क्रीनीङ अफ नटखट, अनमास्किङ टयाक्सीक, कार्यक्रम तथा योजनाका बारेमा युवा वर्गहरुमा अनुभव आदानप्रदान भएको थियो । समन्वय प्रमुख दिपक गौतमले युवा वर्ग परिवर्तनको संवहाक, युवा बीचको सृजनाशिलता ज्ञान सिप क्षमताको एक अर्कोमा ज्ञान आदन प्रदान भएको बताउनुभयो । ए आई डिजीटल स्वास्थ्य, सेमीनार, बहस छलफल भएको उक्त महोत्सवले काभ्रे जिल्लाको गरिमा, देशको प्रतिष्ठालाई समेत उच्च राखेको कुरा प्रमुख गौतमले उल्येख गर्नुभयो ।

          विश्वका युवाहरुको अनुभव सिकाई १६ औं पञ्च वर्षीय योजनाहरु दिगो लक्ष्य विकासका लक्ष्यहरु, गरिबी निवारण, गुणस्तरीय शिक्षा, पर्यटन क्षेत्रको व्यवसायिक विकास, विश्व समुदायको सांस्कृतिक परम्परा भेसभुषा, जलवायु परिवर्तनका सवालमा विषय विज्ञहरुसँग बहस पैरवी गर्ने, प्रविधिको उच्चतम प्रयोग, आर्थिक सामाजिक रुपान्तरणका लागि रोजगारी बैंकको स्थापनाका लागि राज्यका सम्बन्धीत निकायलाई झकझकाउन कोशेढुङ्गा सवित हुने समन्व प्रमुख गौतमले तर्क गर्नुभयो । इन्टरनेश्नल मिस ग्लोव मेनमार्क २०२४, मिस मलेसिया २०२४ को सहभागीता रहेको थियो । उक्त समारोहमा सिन्धुली कला घरको पञ्जेबाजा, जदौ कर्णाली व्याण्ड, नेपालका विभिन्न सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो । राजस्थानी भारतीय सांस्कृतिक प्रस्तुती समेत गरिएको थियो । इन्टरनेश्नल सेलीब्रेटीज भिआइपी असाइन अ रन वेटु ट्रेन क्वालीटीको प्रस्तुती समेत भएको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्