IMG-LOGO

साँगादेखि बनेपा सडक खण्ड निर्माण प्रक्रिया पुनः अवरुद्ध

 मंगल, फागुन २०, २०८१  – रमेश प्रसाद न्यौपाने

      साँगा देखि बनेपा ६ लेनको सडक खण्ड निर्माण प्रक्रिया स्थानीयको अवरोधपछि पुनः अवरुद्ध भएको छ । तीनदोबाटो हुँदै पुलबजारमा निर्माण कार्य भइराख्दा सडकको विचभागबाट ७५ फिट कायम गरी दायाँबायाँ सडक विस्तार गर्नुपर्नेमा सडक विभागले एकातर्फी रुपमा कतै ५ फिट दायाँ कतै ७ फिट बाँया फरक पर्ने गरी सडक विस्तार कार्यगरकोले स्थानीयहरुले अवरोध गरेको बताउँदै आएका छन् । ५ महिना अघिपनि बनेपा पुलबजारको पुल निर्माणको विषयमा स्थानीय सँग विवाद हुँदा बाटो निर्माण कार्य अवरुद्ध भएको थियो । हरेक वर्ष बर्षातको समय बनेपाको पुलबजार क्षेत्र डुवानमा पर्ने भइ राजमार्ग अवरुद्ध भइ यात्रुहरु जहिले समस्यामा पर्दै आएका छन् । सडक विस्तार आयोजनाले पुलबजारको पुलको उचाइ ३ मिटर कायम राखी निर्माण गर्ने नक्सा तयार गरेकोमा पुलबजार क्षेत्रको स्थानीयले उक्त पुलको उचाइ ३ मिटर कायम गर्दा सडक पनि उचाइमा हुने घरका एकतलासम्मको भाग पुरीने भएकोले पुलका उचाइ घटाउनु पर्ने माग सहित ५ महिना सम्म सडक निर्माण कार्यमा अवरोध पुर्‍याइ कार्य गर्न दिएका थिएनन् । सडक आयोजनाले बनेपा पुलबजारको पक्की पुल २ मिटर ६८ उचाई कायम गर्ने विषयमा बनेपा नगरपालिका र स्थानीय बीच सहमती भएपछि निर्माण कार्य सुचारु भएको थियो ।

२६ महिनामा ४० प्रतिशत मात्र काम

      लामा कन्ट्रक्सनले साँगा बनेपा सडक खण्ड ४ अर्ब ५ करोड लागतमा २०७९ पुषमा ठेक्का सम्झौता गरी निर्माण कार्य प्रारम्भ गरेको सडक निर्माण आयोजनाका इन्जिनीयर विष्णुप्रसाद खनालले बताउनु भयो । ३ वर्ष अवधिमा निर्माण कार्य सम्पन्न गरी सडक विभागलाई हस्तान्तरण गर्नुपर्नेमा २६ महिना वितिसक्दा ४० प्रतिशत कार्य सम्पन्न हुनुले २०८२ पुष मसान्त सम्ममा ६ लेनको सडक निर्माण कार्यले पूर्णता पाउने छाँटकाट छैन । ३ वर्ष समय अवधिमा निर्माण सम्पन्न गर्ने सडक आयोजनाको समयमा सिमा अब १० महिना मात्र बाँकी छ । ६० प्रतिशत कार्य सकिने अवस्था छैन । सडक विभागको नियमित अुनगमन नहुनु बनेपाको स्थानीय सरकार बेलैमा सचेत नहुनु स्थानीय पक्षलाई सडक निर्माणको सवाल बुझाउन नसक्दा सडक विस्तार निर्माण कार्यमा अवरोध भइरहेको छ । स्थानीय सरकार, सडक विभाग मुमदर्शक बन्दा वर्षातको समयमा बनेपा पुलबजार र सहरी क्षेत्र पुनः डुवानमा पर्ने निश्चित छ । 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्