IMG-LOGO

नदिने, प्रचण्ड बोल्दा प्रधानमन्त्री बाहिर   हर्क साङ्गपाङ्गलाई भेट नदिने प्रधानमन्त्री टिकटकरसँग

 मंगल, माघ २९, २०८१  ---

    काम कुरा एकातिर कुम्लो बोकी ठिमीतिर भने जस्तै भयो गत बिहीबारको प्रतिनिधि सभाको दृश्य । प्रमुख प्रतिपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री सदनमा हुनुपर्ने नियम बिपरित भयो किनभने प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीलाई प्रमुख प्रतिपक्षी नेता प्रचण्डका कुरा सुन्ने धैर्यता नै छैन । त्यो दिन प्रधानमन्त्री टिकटकर अंशुबर्मा संगै बालुवाटारमा फोटो खिचेर फेसबुक र टुइटरमा पोष्ट गरेका थिए । 
        सामाजिक संजालमा यो बिषयमा ब्यापक आलोचना भयो । प्रधानमन्त्रीको सोच होला कि जमाना टिकटक हो त्यसका स्टार अंशुबर्मा हुन । ति टिकटकरले २०८४ को चुनावमा एमालेको सुर्य चिन्हमा छाप लगाउन भनेर प्रचार गर्छन् र भोट ह्वारह्वार्ती झर्छ भन्ने मानसिकता हो भन्ने सबैले बुझेका छन् । प्रधानमन्त्री ओलीले केही समय अघि धरान उप–महानगरपालिका मेयर हर्क साङ्गपाङ्ग भेट्न आउँदा भेट दिएका थिएनन् । जनताको प्रतिनिधि जनताका कुरा लिएर आउँदा भेट नदिने ओलीको चौतर्फी आलोचना भएको थियो ।
    यसै बिषयमा नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्षी दलका नेता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले संसद्लाई सम्बोधन गर्ने कुरा प्रधानमन्त्रीको जानकारीमा भए पनि स्वास्थ्य समस्याका कारण उपस्थित हुन नसकेको बताएका थिए ।
    बिहीवारको प्रतिनिधिसभाको बैठकमा नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूले बोल्ने समयमा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित नभएको भन्दै गुनासो गरेका थिए । शुक्रवार संसद्भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक बर्तौलाले प्रधानमन्त्री संसद्मा उपस्थित हुने तयारीमै रहँदा स्वास्थ्यमा असहजता भएका कारण आउन नसकेको जानकारी दिए । 
    संसदमा प्रधानमन्त्रीले सम्बोधन गर्दा प्रमुख प्रतिपक्षी दलका नेतालाई निम्त्याउने र प्रमुख प्रतिपक्षी दलका नेता बोल्दा प्रधानमन्त्री पनि उपस्थित रहने प्रचलन छ तर ओलीले प्रचण्डको कुरै सुनेनन् । प्रचण्डले सहकारी ठगीमा विभिन्न अदालतबाट धरौटी राख्दै जेल जान नपरेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबि लामिछानेको भने बचाउ गरेका थिए । उनले चार पेज लिखित भाषण गरेका थिए ।


 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्