IMG-LOGO

कसरी हुँदैछ विश्व युवा महोत्सव  कुन कुन देशबाट आउँदैछन् युवाहरू ?

 मंगल, माघ २२, २०८१  – टाइम्स टीम

     बहुप्रतिक्षीत विश्व युवा महोत्सव २०८१ चैत्र १४ गते देखि १८ सम्म काभ्रेको धुलिखेलमा हुँदैछ । संसारभर नै आजका युवा देश निर्माणका खम्बा हुन । युवाले हाँकने देशहरूले विश्वमा प्रगति उन्नति गरेका छन् । 

     जिल्ला समन्वय समिति (म्ऋऋ) काभ्रेको आयोजनामा विश्व युवा महोत्सव २०२५ नेपाल भव्यताका साथ नेपालमा आयोजना हुँदैछ । यो ऐतिहासिक महोत्सवले विश्वभरका युवाहरूलाई एकै ठाउँमा ल्याउँदै सशक्तीकरण, संस्कृति, विविधता, र एकताको सन्देश फैलाउने उद्देश्य राखेको छ। नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक धरोहर, र अतिथि सत्कारलाई विश्वसामु प्रस्तुत गर्ने यस कार्यक्रमले हाम्रो देश नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ उचाइमा पुर्‍याउने छ ।

     नेपालमा पहिलो पटक हुन लागेको ऐतिहासिक कार्यक्रमकाबारे जिल्ला समन्वय समितिका प्रमुख एबम विश्व युवा महोत्सवका संयोजक दीपक कुमार गौतम भन्नुहुन्छ :–

 

विश्व युवा महोत्सवबाट अन्तराष्ट्रिय सम्बन्ध विस्तार, सिप विकासका सवाल र सांस्कृतिक आदान प्रदान

दिपक कुमार गौतम

प्रमुख, जिल्ला समन्वय समिति, काभ्रे

१. नेपालमै पहिलो पटक विश्व युवा महोत्सव धुलिखेलमा गर्दै हुनुहुन्छ तयारी कुन रुपमा अघि बढेको छ ?

     नेपालमै पहिलो पटक जिल्ला समन्वय समिति काभ्रेको आयोजनामा २०८१ चैत्र १४ गते देखि १८ गते सम्म विश्व युवा महोत्सव २०२५ धुलिखेलको काठमाण्डौ विश्वविद्यालयको खेल मैदान प्राङ्गणमा हुँदै छ । यो काभ्रे जिल्लाको मात्रै नभई नेपाकै गर्वको विषय हो । यसको तयारी तिव्ररुपमा अघि बढेको छ । विश्वका ७५ देशका युवा वर्गले भाग लिने छन् । उद्घाटन सत्रमा विश्वका युवा वर्ग र नेपालका ७ सय ५३ वटै स्थानीय  सरकारका जनप्रतिनिधिहरको समेत सम्लग्नतामा एकलाख जनाको आवत जावत हुने अपेक्षा गरिएको छ । प्रचार प्रसार, अन्तर विद्यालय फुटसल प्रतियोगीता गरिसकियो । यस विश्व युवा महोत्सवले नेपालको दिगो  विकासका १७ वटा लक्ष्यलाई देशको विकास र समृद्धिमा पुर्‍याउने, अन्तराष्ट्रिय सम्बन्ध विस्तार, सिप विकासका सवाल, सांसकृतिक परम्पराको र अनुभवको आदान प्रदान हुन्छ ।

२. विश्व युवा महोत्सवका मुख्य आकर्षण के के हुन् ?

     विश्वका युवाहरुको अनुभव, सिकाइ आदान प्रदान, १६ औं पञ्चवर्षीय योजनाका सवालहरु दिगो लक्ष्य विकासका लक्ष्यहरु, गरिवी निवारण, गुणस्तरीय शिक्षा, पर्यर्टन क्षेत्रको व्यवसायिक विकास र प्रर्वद्धन, खेलकुद क्षेत्रको विकास, विश्व समुदायको सांस्कृतिक परम्परा भेस भुषा, जलवायु परीवर्तनका सवालमा विषय विज्ञहरुबाट ज्ञान र विज्ञान, सिप विकास, सूचना प्रविधिको उच्चतम प्रयोग, राजनीतिक आर्थिक, सामाजिक रुपान्तरणका लागि कोशे ढुङ्गा सावित हुनेगरी बहस पैरबी हुनेछ । युवा वर्गलाई विदेश पलायनबाट रोक्न, उद्यमसिलताको विकास, रोजगारी सृजनाका लागि रोजगारी बैंक, सिप विकास बैंक स्थापनाका लागि नीति निर्माण गरी कार्यान्वयनमा ल्याउने वातावरण तयको लागि नै मुुख्य आकर्षण हो ।

३. विश्व युवा महोत्सवले युवाहरुले प्राप्त गर्ने उपलब्धी चाँहि के हो ?

     संघ, प्रदेश र स्थानीय सरकारले युवा वर्ग, दक्षजनशक्तिको, अर्धदक्ष जनशक्तिको उपयोगका लागि युवा लक्षित कार्यक्रमलाई रोजगारीको सृजना गर्न दवाव सृजनाका लागि झक झकाउने छ । देशमा बेरोजगारी समस्या छ । गत मंसिर महिनामा मात्र ८४ हजारले देश छोडेका छन् अब स्वदेश मै सम्भावनाको खोजी गरी आशा र भरोषाको केन्द्र बनाउने वातावरण निर्माणका लागि यो युवा महोत्सव उपलब्धी मुलक हुनेछ । विभिन्न विद्याका स्टलबाट वर्कसप, ज्ञान, विज्ञान, प्रविधिका, उत्पादनका  विषयमा विषय विज्ञताबाट बहस पैरवी हुनेछ सिप र रोजगारी बंैक स्थापना गरी युवा देश विकासका संबाहक हुन युवाबाट नै विकास र समृद्धि सम्भवका लागि विश्व युवा महोत्सव गरिएको हो ।

४. यति ठूलो कार्यक्रम गर्दै हुनुहुन्छ आर्थिक जोह कसरी सम्भव छ ?

     राम्रो कार्य गर्दा सबैको सहयोग हुन्छ नै । हिम्मत र आँट गर्नुपर्छ सहभागीको राजिस्टे्रशन शुल्क हरेक प्रतिनिधीबाट ७ हजार ५ सय, इभेन्ट अन्तरगत दश हजार शुल्क लिने गरिन्छ भने बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालयबाट २० लाख, मुख्यमन्त्री कार्यालयबाट १० लाख र काभ्रेका स्थानीय सरकार, संघ सरकार युवा तथा खेलकुद मन्त्रालय सँग समन्वय भइरहेको छ । आर्थिक व्यवस्थापन सजिलै हुन्छ । १५ करोड खर्चको अनुमान गरिएको छ । हामी कार्यक्रम भब्य र सब्य बनाउँछौं । सबैको सहयोग र सदभाव रहन्छ । काभ्रे र नेपाल देशकै नाम उच्च राख्न मद्दत पुग्छ । अमेरिका, युरोप, चिन, भारत लगायतका शक्तिशाली राष्ट्रका युवा वर्ग, विषय विज्ञताका व्यक्तित्वहरुको सहभागीता रहने छ । ७५ देश मध्ये ५० प्रतिशतले रजिष्ट्रेशन गरी सके ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्