बनेपा नगरपालिका काभ्रे जिल्लाको पुरानो नगरपालिका हो । मध्यपहाडी क्षेत्रको मुख्य आकर्षक ब्यापारीक शहर पनि हो । २०४५ साल अघिसम्म यो शहरमा रैथाने नेवार जाति मात्रै बसोबास गर्ने यो शहरमा २०४६ को परिवर्तनपछि बनेपा आसपासका केही ब्यापारी ब्यापार गर्न आए । झन् माओवादीको सशस्त्र बिद्रोहपछि गाउँ गाउँबाट बिस्थापित हुँदै बनेपालाई सुरक्षित ठानेर यहीँ बसोबास गर्नेको संख्या ह्वात्तै बढ्यो । २०७३ सालमा गरिएको स्थानिय संरचनामा आसपासका गाबिस साविक बनेपा नगरमा गाभिदा नगर ठुलो भयो तर हालसम्म बनेपामा ब्यबस्थित बसपार्क छैन ।
मुख्य राजमार्गको दायाँबायाँ अव्यवस्थित निजि र भाडाका सवारीसाधन पार्क गरेर राखिन्छन । देख्दा नै अव्यवस्थित र अशोभनीय बनाईएको छ । यहाँ कसैलाई केही मतलब छैन । नगरको नितिनियमको पालना गरिदैन । फुटपाथ कब्जा गर्नेको होड छ । पैदल यात्रुलाई सास्ती छ । एकातिर अव्यवस्थित पसल छन् अर्कातिर हल्का सवारी साधनको पार्किङ र जथाभावी सवारी साधन दौडिन्छन । जनप्रतिनिधिहरु भएर पनि लगाम बिनाको घोडा जस्तै अनियंत्रित छ बनेपा बजार ।
स्वच्छ र सफा बनेपा भनिन्छ तर बनेपा दिन दिनै फोहोर प्रदुषित भएको छ । चौतर्फी अवस्थित बनेपामा गोदामचोक नजिकैको प्लाइउड कम्पनीको कालो धुवाले बिहानदेखि बनेपाको वायु प्रदुषण मात्रै होइन अस्वस्थ बनेपा भएको छ । प्रदुषणले सास फेर्न पनि असहज भएकोले दम र अन्य बिरामीको संख्या बढ्दै छ । जताततै फोहोर जम्मा गरेर बाल्ने प्रवृत्तिले पनि बनेपा दिनप्रतिदिन धुवा धुलो र दुर्गन्धले अस्वस्थ बन्दै गएको छ् यस बारेमा बनेपा नगर र सम्बन्धित निकायको पटक्कै ध्यान जान सकेको छैन् ।
कुनै समय देशकै नामी यातायात ब्यबसायीको शहर बनेपामा ब्यबस्थित बसपार्क बनाउन व्यबसायीको पनि दबाब छैन । धुलिखेल नगरले चासो राख्ने कुरै भएन । मध्यपुर्बी पहाडी र पुर्व मेचीसम्म पुग्ने सवारी साधन चल्ने यो शहरबाट सिधा (डाइरेक्ट) पुर्बी नेपाल चल्ने सवारी साधन यहीँबाट छुट्ने हो भने बनेपाको ब्यापार ब्यबसाय मात्रै बढ्दैन राजधानीको चाप पनि कम हुन्छ । हामीले यस सम्बन्धमा नगर प्रमुख शान्तिरत्न शाक्यलाई तपाईंहरुले ब्यबस्थित बसपार्क किन नबनाएको भन्ने प्रश्न गर्दा प्रमुख शाक्य भन्नुहुन्छ ः
पुण्यमाता र चण्डेश्वरी करीडोर वरीपरी क्षेत्रमा पार्कीङ व्यवस्था गर्ने योजना छ
शान्ति रत्न शाक्य
प्रमुख, बनेपा नगरपालिका
१. बेनपा स्वच्छ शहर छ त ?
म आपूm नगरपालिकाको नगरप्रमुखको जिम्मेवारी समाले देखि बनेपा नगरको फोहोर व्यवस्थापन, गुणस्तरीय खानेपानी, शिक्षा र स्वास्थ्यको पहुँच विस्तारमा लागेको छु । समग्र नगरको विकासमा नगर उप–प्रमुख र हाम्रो नगरका १४ वडाका जनप्रतिनिधि एकताबद्ध भएर लागेको छ । फोहोरको वर्गीकरण गरी कुहिने फोहोरबाट एक हजार जनाले कौशी खेतीबाट तरकारी उत्पादन गर्ने कार्य भएको छ । जैविक फोहर घटेको छ । वर्गीकरणबाट छुट्टाएको ठोस बस्तु फोहोर काठमाण्डौं सिसडोल र बञ्चरे डाडामा फोहोरको उचित व्यवस्थापन गरिएको छ । सहरको चोक गल्लीमा कुचीकारहरुबाट सरसफाइ गरिएको छ । सहर सफा राख्न हामी अभियानकै रुपमा अघि बढेका छौं । वातावरण स्वच्छ राख्न समेत हामी लागेका छौं ।
२. बसपार्क कहिले बनाउने ?
३०÷४० रोपनी जग्गाको क्षेत्रफलमा नगरपालिकाकै लालपूर्जा भएको जग्गा वसपार्क बनाएको छ अहिले पनि विपी राजमार्गको बसहरु सञ्चालन भएको छ । थप संरचना त्यहाँ बनाउन बाँकी छ । मालपोत कार्यालय काभ्रेले हाल साविक गरेर मात्र थप कार्य अघि बढाउन भनेको छ । व्यवस्थित बसपार्कको लागि यो मात्र प¥याप्त छैन अरु उपयुक्त जग्गाको खोजीमा छौं । व्यवस्थित बसपार्क आवश्यक छ । ६ लेनको बाटो निर्माण भइरहेको छ । निर्माणले पूर्णता पाए सँगै अस्त व्यस्त रुपमा रहेको पार्कीङ क्षेत्रलाई पनि थप व्यपस्थित गछौं । ४०÷५० रोपनी क्षेत्रफल भुभाग जग्गा व्यवस्था गर्नुछ । पुण्यमाता करीडोर क्षेत्र र चण्डेश्वरी करीडोर क्षेत्र वरीपरी पार्कीङको प्रबन्ध गर्ने योजना छ नगर प्रमुख शाक्यले भन्नुभयो ।
यसै सन्दर्भमा यातायात व्यवसायी नेता योगेन्द्रनाथ कर्माचार्यलाई बनेपामा व्यवस्थित ठूलो बसपार्क बनाउनु पर्ने हैन भन्ने हाम्रो प्रश्नमा उहाँ यसो भन्नुहुन्छ ः
बनेपाको बुडोलमा बसपार्क बनाउन उपयुक्त हुन्छ
योगेन्द्रनाथ कर्माचार्य
नेपाल लोकतान्त्रिक यातायात ब्यबसायी संघ केन्द्रीय अध्यक्ष
पूर्वीय मध्य पहाडी जिल्लाको व्यापारिक तथा यातायात क्षेत्रको सहरमा व्यवस्थित बसपार्क नहुदाँ नागरिक र व्यवसायी दुबैलाई असहज र अप्ठ्यारो छ । ठूला, मझौला र साना यातायात साधनहरु ज्ताततै छरफस्ट रोक्ने, राख्ने गर्दा पैदलयात्रुलाई सास्ती छ नै व्यापार व्यवसायमा समेत असर गरेको छ । बनेपा नगरपालिका स्थानीय सरकारले प्रदेश र केन्द्रीय सरकारसँग समन्वय गरेर व्यवस्थित बसपार्क सञ्चालन गर्न धेरै ढिला भइ सक्यो । चाँडो पहल कदमी लिन बनेपा नगर प्रमुख शान्ति रत्न शाक्यलाई अनुरोध गर्दछु । बनेपा, धुलिखेल र पनोतीको संगम स्थल क्षेत्र त्यो हो बुडोलको खेलमैदान र तरकारी पसलको लागि भनेर राखिएको जग्गा छ तर त्यतिले मात्र नपुग्न सक्छ बनेपा, धुलिखेल र पनौती नगरको एकीकृत योजना बनाएर सबैको एकताको बलले प्रदेश र केन्द्र सरकारको सहयोगबाट व्यवस्थित बसपार्क बनाउन सकिन्छ । म २०४० सालमा अरनिको यातायात सेवा समितिको सचिव, २०३९ सालमा बनेपा नगरपालिका वडा नं. २ को वडा अध्यक्ष र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघमा अध्यक्ष हुँदा स्थानीय र केन्द्र सरकारलार्य बनेपाको बुडोलमा बसपार्क बनाउन पर्छ भनेको थिएँ । पटक पटक पहलकदमी ध्यानकर्षण गराए । स्थनीय र केन्द्र सरकारले कुनै किसीमको कही कतै ध्यान दिएन सहयोग पनि गरेन । मध्य पूर्वीय पहाडी जिल्ला जोड्ने लामो दुरीको अरनीको राजमार्ग, विपी राजमार्ग जाने यातायातको लागि व्यवस्थित बसपार्क बनाउन सबै मिलेर अघि बढौँ भन्न चाहन्छु ।
